News 24 Television
ओली ढाल्ने गगन-विश्वप्रकाशको ग्राण्ड डिजाइन 

काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीमाथि कांग्रेसभित्रै आशंका छ । आफ्नो कार्यकाल पुरा गरिसकेपछि ओलीले सहजै सत्ता हस्तान्तरण गर्छन् त ? कांग्रेसको शीर्ष तहमै यो आशंका छ व्याप्त छ । तर, ओलीलाई प्रधानमन्त्री बनाएको कांग्रेस तत्काललाई अघि बढ्ने मुडमै देखिन्छ । यद्दपी, विगतको आरोप–प्रत्यारोप अहिले पनि केहीहदसम्म सतहमा झल्किरहेका बेला प्रधानमन्त्रीमाथि कांग्रेसले अब कस्तो रणनीति तय गर्ला ? यो प्रश्नको विषय बनेको छ । यस अवस्थामा विश्वासको मतपछि सरकारको पूर्ण आकार समेत प्रष्ट हुनेछ । 

कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी ओलीले संसदबाट आइतबार विश्वासको मत लिदैछन् । विश्वासको मतमा ओलीलाई उनको आफ्नो दल नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले विश्वासको मत दिने देखिन्छ । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मतदान गर्ने   देखिन्छ । विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीले दुई वर्ष सत्ता नेतृत्व गर्ने र बाँकी कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने आन्तरिक सहमति जुटेको कांग्रेस नेताहरुले दाबी गर्दै आएका छन् । तर, सत्ता आलोपालोमा ओलीले तदारुकता देखाउलान ? कांग्रेसमा शंका छ । 

गगनले प्रधानमन्त्री ओलीको आचरण, स्वभाव र शैलीबारे गरेको आशंकामा बल पुर्याउने आधार भने ओलीले विगतमा देखाएको प्रवृति हो । यो पाटो एकातिर छदैछ । अर्को कुरा भनेको सत्ता सहकार्य अघि विभिन्न प्रकरणलाई लिएर घोचपेच र आरोप–प्रत्यारोपमा उत्रिने गरेका दुई दलहरु अब के ती प्रकरणमा मौन बस्लान् ? आमचासो छ । यस्तोमा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि गिरीबन्धु प्रकरणको मुद्दा छाड्न नसकिने दोहो¥याएका छन् । 

कांग्रेसभित्रको आशंका र गल्ती ढाक्न लागि नपर्ने आशयले सरकारको आयुमाथि अनेक टिप्पणी चलिरहेको छ । सत्ता सहकार्यको दृष्यमा संविधान संशोधनको विषय पनि समावेश भएको भन्दै हौसिएको राप्रपाले विश्वासको मत भने नदिने मुड बनाएको देखिन्छ । राप्रपाले विश्वासको मत नदिने भनेपनि संविधान संशोधनको विषयमा सहमति जुटे समर्थन गर्ने भन्दै ओलीलाई सहयोग गर्ने बाटो भने खुला राखेकै छ । 

सरकारले सुशासन र समृद्धिको बाटो खोल्ने भन्दै खुशी साटिरहेको एमाले सत्ता परिवर्तनको कारक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रहेको आरोप लगाइरहेको छ । उसोतः प्रचण्डले पनि सरकारविरुद्ध मोर्चाबन्दीको सुर कसिरहेका छन् । यद्यपी, ओली नेतृत्वको सरकारले पाउने विश्वासको मत र त्यसपछि उनले गर्ने राजनीतिक व्यवहार साथै कार्यसम्पादनले सत्ता सहकार्यको परिदृष्य थप प्रष्ट हुने छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update