News 24 Television
हेलामा औषधि उत्पादन थलो, ओलीको के छ विचार ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल औषधि लिमिटेडलाई २० थरीका औषधि उत्पादन गर्न निर्देशन दिएका थिए । गत चैत ३० गते प्रधानमन्त्री कार्यलयका मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकबाट गठित समितिले नेपाल औषधि लिमिटेडलाई पुनःसंरचनामा लौजाने भन्दै ६ बुँदे निर्देशन नै दिएको थियो । तर, अहिले पनि यो योजना अन्योलमै छ । 

२०२१ सालभन्दा अगाडि आयुर्वेदिक औषधि उत्पादन गर्ने कम्पनी भएपनि एलोपेथिक औषधिको उत्पादन गर्ने सरकारी औषधालय थिएन । त्यसपछि २०२१ मा ऐन बनेपछि २०२५ सालमा काठमाडौंको थापाथलीस्थित वनस्पति विभागमा ‘शाही अनुसन्धानशाला इकाइ स्थापना गरिएको थियो । 

२०२९ सालमा उच्च गुणस्तरीय औषधि उत्पादन गरी सुपथ मुल्यमा देशभर उपलब्ध गराउने उद्देश्यले शाही औषधी लिमिटेडको नाममा सरकारी औषधी कम्पनी स्थापना गरिएको थियो । तर कम्पनीमा देखिका विभिन्न समस्याका कारण कुनै समय उत्पादन नै ठप्प बन्न पुग्यो । 

औषधि लिमिटेडलाई पछिल्लो समय माथि उठाउने प्रयास भइरहेको  छ । साथै गत वर्ष पुष्पकमल दाहाल नेत्तृत्वको सरकार रहदाँ औषधी लिमिटेडलाई रिनोभेसनमा लौजाने भन्दै औषधि लिमिटेडलाई ६ बुँदे निर्देशन दिँदै २० प्रकारका औषधी उत्पादनका गर्न निर्देशन समेत प्रदान गरिएको थियो । 

तत्काललि प्रधानमन्त्रीको निर्देशन बमोजिम कम्पनीले ३ प्रकारको औषधी उत्पादन समेत थालेको थियो । तर अरु औषधी उत्पादन गर्न लाग्ने बजेट अभावमा भने अन्य औषधी उत्पादनको सुनिश्चता नै हुन  सकेको छैन । यस्तो अवस्थामा अहिले नयाँ सरकार गठन भएपछि  पुरानो सरकारले गरेको ६ बुँदे सहमति के हुन्छ भन्ने औन्यौलता बढेको छ । 

कम्पनीमा देखिएको विभिन्न समस्याका कारण विगत १० वर्ष कम्पनी बन्द बनेको थियो । जसको असर अहिले पनि कम्पनीमा परेको कम्पनीको भनाई छ । तर पछिल्लो समय कम्पनीले विगतको तुलनमा उत्पादन बढाएको तथा कम्पनीलाई केहि नाफामा लैजान सफल बनेको कम्पनीको भनाई छ ।  

नेपाल औषधी लिमिटेडलाई रिनोभेसनमा लैजाने तथा कम्पनीलाई २० प्रकारको औषधी उत्पान गर्न थप सहयोग गर्ने योजना सहित प्रधानमन्त्री कार्यलयका मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकबाट गठित समितिले १५ वैशाख २०८० मा औषधि लिमिटेडलाई ऋणको रुपमा २४ करोड ७८ लाख १२ हजार ३ सय ८४ रुपैयाँ दिने बताएको थियो । तर सरकार आफैले दिएको निर्देशन आफैले वेवास्था गरेको कम्पनीको गुनासो छ । 

५० वर्षको अन्तरालमा लिमिटेडमा देखिएका विभिन्न समस्याका कारण कुनै समय सिटामोलको मात्र उत्पादनमा खुम्चिएको नेपाल औषधि लिमिटेडमा अहिले भने जीवनजल, सिटामोल फोलिक एसिड, डिस्टिल वाटर लगायतका हाल १० प्रकारका औषधि उत्पादन हुने गरेको छ । साथै हाल थप ३ प्रकारको औषधी उत्पादन थपिएको छ भने ३ वटा थप औषधी उत्पादन गर्ने तयारीमा कम्पनी लागेको छ । पछिल्लो समय विँतिने प्रयासमा रहेको औषधी लिमिटेडलाई सरकारले विशेष प्राथमिकतामा राख्नु पर्ने देखिन्छ । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update