काठमाडौं । एमाले–कांग्रेसले सत्ता सहकार्य गर्दै अघि बढेपछि माओवादी केन्द्रसहितका तीन दल एकजुट बन्न थालेका छन् । प्रधानमन्त्री केपी ओलीले असार ६ गते विश्वासको मत लिने भएपछि उनीहरुले सामूहिक छलफल गर्दै विश्वासको मत नदिने निर्णय गरेका छन् ।
विश्वासको मत नदिने निर्णय गरेका तीन दलले सरकार गठन गर्दा कांग्रेस–एमाले मिलेर संविधान मिचेको आरोप समेत लगाएका छन् ।
कांग्रेस–एमालेसहित साना दल मिलेर सरकारलाई तीब्रता दिने तयारी गरिरहेको बेला माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले मोर्चावन्दी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय समेत तीन दलले गरेका छन् ।
६३ मतसहित प्रतिपक्षमा रहेका तीन दलले एकजुट बनेर सरकारको विपक्षमा बसेर सरकारको खबरदारी गर्ने निर्णय गर्दै गर्दा यता एमाले–कांग्रेसले भने सरकारले गति लिने विश्वास व्यक्त गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारले सुखी नेपाली, समृद्ध नेपालीको सपना साकार पार्ने दाबी गर्दै आशाको सञ्चार गराएरै छाड्ने दाबी दोहो¥याएका छन् ।
ओलीले यस्तो दाबी आफ्नै पार्टीले दिएको सुझाव कार्यक्रमको बेलाको हो । पार्टीले विभिन्न बुँदामा सुझाव दिएको छ भने ओलीले त्यसलाई उपलब्धिमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, सत्ता गठबन्धन यसरी अघि बढ्न खोज्दै गर्दा प्रतिपक्षमा पुगेका तीन दलले सरकारलाई निरंकुश बन्नबाट रोक्ने तर्क पेश गरेका छन् । नेकपा एकीकृत समाजवादीले के को आधारमा विश्वासको मत दिने भन्दै प्रश्न गरेको छ ।
नेकपा एसले जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला दल मिल्दा निरंकुशताको खतरा हुने आशंका गरेका छ । रविले प्रतिपक्ष कमजोर भएकाले रणनीति बनाउन बैठक गरिएको दाबी गरेका छन् ।
यस्तै, माओवादी केन्द्रले पनि विश्वासको मत नदिने निर्णयमा सहमति जुटाएको छ । माओवादी केन्द्रले कांग्रेस–एमाले मिलेर संविधान मिचेको भन्दै प्रतिवाद गर्ने दाबी गरिरहेको छ ।
प्रतिपक्षी कित्तामा पुगेका तीन दल एककठ्ठा बनेपनि सत्ता पक्षसँग दुई तिहाई मत पुग्ने सम्भावना छ । हाल १७६ सांसदको समर्थन रहेको सरकारलाई दुई तिहाई पु¥याउन १८४ सांसदको समर्थन भए पुग्छ ।
जनमत र जसपा नेपालले पनि विश्वासको मत दिने भएपछि सरकारलाई दुई तिहाई पु¥याउन कठिन छैन । तर, संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका केपी ओलीविरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परिसकेकाले के होला भन्ने चासो समेत उत्तिकै छ ।