News 24 Television
नेपाल आँखा अस्पतालकाे मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त

काठमाडाैँ । त्रिपुरेस्वरस्थित नेपाल आँखा अस्पताल सञ्चालक समितिले अस्पतालकाे मेडिकल डाइरेक्टरमा वरिष्ठ आँखा रोग विशेषज्ञ  डा किरण शाक्यलाई नियुक्त  गरेको छ । सञ्चालक  समितिको हालै सम्पन्न २२६औँ  बैठकले डा  शाक्यलाई २  वर्षका  लागि  नियुक्त  गरेकाे हाे । 

डा शाक्य बिगत लामो समयदेखि सोही अस्पतालमा  फेको तथा भिट्राे रेटिनल सर्जनको रुपमा कार्यरत थिए  । हालै उनी 'सर्जन अफ द इयर' पुरस्कार बाट सम्मानित  पनि भएका थिए ।

Dr-1721368757.JPG
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update