News 24 Television
आइसिसी अवार्ड पाएपछि प्रधानमन्त्रीले दिए नेपाली जनतालाई बधाई 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ नेपाललाई प्राप्त भएपछि सम्पूर्ण नेपाली जनतालाई बधाई दिएका छन् । 

इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, भन्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेर बधाई दिएका हुन् ।

नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले बताएका छन् । 

“हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी,  क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्”, प्रधानमन्त्री ओलीको फेसबुक पेजमा लेखिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update