News 24 Television
चिकित्सक पनि भन्छन्, साउनमा मासु नखानु !

काठमाडौं । साउन महिनामा प्राय सर्वहारी व्यतिmहरुले पनि माछामासु नखाने गर्छन् । धार्मिक पक्षसँग जोडेर हेर्दा साउन महिना भगवान शिवको प्रिय महिनाको रुपमा लिने गरिन्छ । त्यसैले यस महिना सनातन धर्मावलम्वीहरुले विशेष पूजाआरधाना गर्ने गर्छन् । धर्मसँग जोडेर पवित्र महिना मानिएकाले मासुजन्य खाना नखानु यतातर्फ छदैछ, साउन महिनामा मासु नखानुलाई वैज्ञानिक दृष्टिकोणबाट कसरी लिइन्छ त ? 

साउन महिनालाई धार्मिक पक्षसँग जोडेर हेर्दा, धार्मिक आस्था राख्नेहरुका लागि विशेष महिनाका रुपमा मानिएको छ । साउनलाई विशेष गरी भगवान शिवको पुजा आरधाना गर्ने महिनाको रुपमा समेत लिने गरिन्छ । यो महिनमा पुजा, हवन, उपवास गर्ने विषेश महिनाको रुपमा मानिएको छ । जसका कारण साउन महिनामा धेरैले माछामासु लगायत तामासिक खानेकुरा नखाने प्रचलन छ । धार्मिक मान्यता अनुसार साउनमा रुद्री, हवा पुजापाठको महिना भएका कारण तन र मन शुद्ध बनाउँन तथा साकाहारी खानाले एकाग्रहता प्रदान गर्ने भएका कारण साउनमा माछामासु बार्ने गरिएको धर्मगुरुको भनाई छ । 

साउन महिनालाई माछामासु सेवन नगर्नु तथा गर्न नहुने भन्ने कारण धर्मसंग जोडेर हेर्ने गरिए पनि यसको बैज्ञानिक पक्ष पनि रहेको यसका जानकारहरु बताउछन् ।  साउन महिनामा वर्षा धेरै हुने तथा वर्षायममा घाम कम लाग्ने कारण हाम्रो पाचन प्रणाली कम्जोर हुने भएका कारण यो महिनामा माछामासु खानलाई प्रोत्साहन नगरेको देखिन्छ । साउनमा माछामासु नखानुलाई बैज्ञानिक पक्षबाट हेर्दा स्वास्थ्य तथा पाचन प्रणालीसंग अन्र्तर सम्बन्ध रहेको चिकित्सक बताउँछन् । साउनमा माछामासु खाननै नहुने भन्दा पनि कति कसरी खाने भन्ने विषय महत्वपूर्ण भएको उनीहरुको तर्क छ । 

साउन महिनाको सोमवार व्रत बस्ने र शिवलिंगमा जल चढाउन, उपवास बस्ने तथा सात्विक भोजन ग्रहण गर्नाले घरपरिवारमा सुख समृद्धि प्राप्त हुन्छ भन्ने परम्परा रहिआएको छ । तर, धार्मिक परम्परासँग जोडिएर आएका यी र यी जस्ता कतिपय कुरा बैज्ञानिक पक्षसंग जोडेर हेर्दा पनि वैज्ञानिक तर्कहरु पनि बलिया रुपमा भेटाउन सकिन्छ । साथै वर्षायाममा संक्रामक रोग फैलने जोखिम समेत उच्च हुन्छ । यसबेला भाइरल ज्वरो, हैजा, टाइफाइड, जन्डिस, पेटको संक्रमण जस्ता संक्रामक रोगको जोखिम पनि उतिकै हुने गर्दछ । 

त्यस्तै वर्षायाममा हाम्रो शरीरको पाचन प्रणाली समेत कम्जोर हुने भएकाले यो समयमा हल्का शरीरले पचाउन सहज हुने खानेकुरालाई जोड दिनु स्वास्थ्यका हिसाबले राम्रो मानिएको छ । साथै उपवास एक धार्मिक विधान मानिए पनि यो पाचन प्रणालीसँग जोडिएको एक वैज्ञानिक विधी पनि हो । त्यसैले साउन महिनामा माछामासु नछोडे पनि खानपिनमा सर्तकता अपनाउनु स्वास्थ्यका हिसाबले समेत उपयुक्त हुन्छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update