News 24 Television
साउनमा पनि बढेन बजारको चहलपहल, व्यवसायी चिन्तित

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको आराध्यदेवी महादेवको प्रिय महिना श्रावण सुरु भइसकेको छ । विशेषगरी यो महिनामा विवाहित महिलाहरुले आफ्ना श्रीमानको सुस्वास्थ्य र दीर्घायुका लागि र अविवाहित महिलाहरुले सुयोग्य वर प्राप्तिका लागि ब्रत बस्ने गर्दछन् । विधिपूर्वक पूजा आराधना गरी ब्रत बस्नाले मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ । श्रावन महिनामा हरियो, रातो र पहेलो रङ्गका कपडा, चुरा पोते लगाउने प्रचलन रहिआएपनि पछिल्लो समय बजारमा मानिसहरुको चहलपहल घटेको छ । 

साउने सोमबारको ब्रत बस्ने चलन शिव र पार्वतीको सम्बन्ध रहेसँगै सुरु भएको मानिन्छ । धार्मिक दृष्टिकोणले उत्तम मानिएको श्रावन महिनामा विशेषगरी शीव मन्दिरहरुमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । श्रावन सुरु भएसँग हरियो, रातो र पहेलो रंगको बस्त्रले सजिएका विवाहित तथा अविवाहित महिलाहरुले रौनक थपिदिएका छन् । शिवजीलाई हरियो र पहेलो रंग मनपर्ने मान्यता अनुरुप यस्तै रंगका चुरापोते र हातमा मेहेन्दी लगाउन थालिएको धार्मिक विश्वास रहेको छ । यहि कारण श्रावन महिनामा चुरापोते र मेहेन्दीको व्यापार बढ्ने गर्छ तर यस बर्ष भने खासै चहलपहल र व्यापार नभएको व्यापारीको दाबी छ ।

अहिले देशमा चलिरहेको आर्थिक मन्दीका कारण पनि सोचेअनुरुप व्यापार नभएको र यसले सबै क्षेत्रमा प्रभाव पारिरहेको अर्का व्यवसायीको भनाई छ । 

परापूर्वकाकलदेखि नै श्रावनमा ब्रत बस्ने प्रचलन रहे पनि पछिल्लो समय धर्म र आस्था भन्दा पनि फेसन र देखासिखिको प्रभाव बढेको भन्दै आलोचना समेत हुन गरेको छ ।

 


 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update