News 24 Television
मन्त्री पद कहिल्यै नछुट्ने यी अनुहारहरू

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्लाई पूर्णता दिएका छन् । ओलीको क्याबिनेटमा १० नयाँ अनुहारसँगै पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै मन्त्री बनेका शरतसिंह भण्डारी पनि छन् । त्यस्तै ललिता जग्गा प्रकरणमा आरोप खेपे पनि उन्मुक्ति पाएका विष्णु पौडेलले उपप्रधानसहित अर्थको जिम्मेवारी पाएका छन् । कोही भने मन्त्रीबाट राजीनामा दिएको १० दिन पनि नबित्दै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सिंहदरबार छिरेका छन् । 

प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ र पुरानाको समिश्रण देखिएको छ । पुराना मन्त्रीहरूमा भने दोस्रो पटक बन्नेदेखि १३ औं पटकसम्म दोहोरिनेहरु समेत छन् । ओली नेतृत्वको यो मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्री बनेका छन् । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटकमन्त्री भएका व्यक्ति हुन् । 

शरतसिंह भण्डारी 
पञ्चायतकालदेखि गणतन्त्रसम्मै मन्त्री बन्दै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी योसंगै १३ औं पटक मन्त्री बनेका छन् । महोत्तरीबाट भण्डारीले जति पटक चुनाव जितेका छन् त्यति नै पटक दल बदल्दै मनत्री बनेका छन् ।  पटक–पटक मन्त्री हुँदै आएका भण्डारी मरिचमानसिंह श्रेष्ठ, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरि ८ जना प्रधानमन्त्रीहरुसँग काम गरिसकेका छन् । 

विष्णु पौडेल 
एमाले उपाध्यक्ष विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने नेतामा पर्छन् । पौडेल सोमबारबाट आठौं पटक मन्त्रीका रूपमा सिंहदरबार प्रवेश गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका पौडेलले पाँचौं पटक अर्थ मन्त्रालय सम्हाल्दै छन् । उनीसँग गृह, उर्जा र उद्योग मन्त्रालय सम्हालेको अनुभव पनि छ । भने, ललिता निवासको जग्गा प्रकरणमा समेत उनको नाम मुछिएपछि उनी सरकारी साक्षी बन्दै उन्मुक्ति पाउने नेतामा समेत पर्छन् ।

प्रकाशमान सिंह
काँग्रेसको नेतृत्वसहित प्रकाशमान सिंहले केपी ओली सरकारमा उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । सिंह पनि काँग्रेसबाट पटक–पटक मन्त्री बनिसकेका छन् । उनी शुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएका थिए ।

प्रदीप यादव 
अशोक राई नेतृत्वको जसपाबाट प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री रहेका यादव राजीनामा दिएको १० दिनपछि पुनः सिंहदरबार छिरेका हुन् । पर्सा–१ बाट निर्वाजित यादब शेरबहादुर नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री थिए । कुनै पनि मन्त्रालयमा हनिमुन पिरियण्ड मनाउन नपाएका मन्त्री यादवले खानेपानी मन्त्रालय कसरी सम्हाल्छन्, त्यो हेर्न लायक बन्नेछ । 

पृथ्वी सुब्बा गुरुङ
गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री समेत बनिरकेका एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ सूचना तथा सञ्चार प्रविधिमन्त्री बनेका छन् । यसअघि गुरुङ नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए । गुरुङको छबी पार्टीभित्र खरो र प्रष्ट बोल्ने नेताको रुपमा छ । उनले त्यो छबी कायम गर्न सक्लान् वा नसक्लान् त्यो क्रमशः झल्किदै जानेछ । 

नवल किशोर साह सुडी
मन्त्री सुडी पनि वनमन्त्रीबाट राजीनामा दिएको १० दिनमा नै महिला मन्त्री भएर ओली सरकारको मन्त्रिपरिषद्मा सामेल भएका छन् । एमालेले १७ असारमा कांग्रेससँग मिलेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तय भएपछि उनी मन्त्रीबाट बाहिरीएका थिए । यसअघि मधेश प्रदेशसभा सदस्य रहेका सुडी सामाजिक विकास मन्त्री पनि बनेका थिए । 

त्यस्तै गृहमन्त्री रमेश लेखक यसअघि प्रचण्ड नेतृत्वका सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । ओलीका विश्वासपात्र राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता देवेन्द्र दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारमै देखिने सकस र  सत्ता गठबन्धनका दलहरूलाई मन्त्री पद पु¥याउन मन्त्रालय टुक्य्राउने क्रम भने भंग गरेका छन् । नयाँ र युवासँगै ओली क्याबिनेटमा केही विवादित व्यक्तिहरू पनि मन्त्री छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोड्दै विभिन्न आरोप खेपिरहेकी काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु परराष्ट्र मन्त्रालयको कमान्ड सम्हालने छिन् । त्यस्तै आरजु टिकापुर जग्गा काण्डमा समेत मुछिँदै आएकी छन् । यसअघि पनि श्रममन्त्री बनेका भण्डारीले मागपत्रको प्रमाणीकरण, अनिवार्य अंग्रेजी भाषा र पूर्वाप्रस्थान अभिमुखीकरणको शुल्कसम्बन्धी विवादास्पद निर्णय गरेका थिए । 

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update