News 24 Television
जनप्रतिनिधिबाटै कुटिए चिकित्सक

सर्लाही । सर्लाहीको लालबन्दी १ नवलपुरमा रहेको मनिषा हेल्थ केयरका चिकित्सकमाथि लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरुले नै दुब्र्यवहार गरेका छन् । लालबन्दी नगरपालिकाका योजना शाखा प्रमुखले चलाएको मोटरसाइकलको ठक्करबाट घाइते भएका विरामीका उपचारका विषयमा जनप्रतिनिधिहरुले चिकित्सकमाथि दुर्व्यहार गरेका हुन् । 

यहि असार १८ गते सर्लाहीको लखनदेही पुलमा लालबन्दी नगरपालिकाको योजना शाखा प्रमुख रुपेश चौलागाईले चलाएको मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि दुबैलाई मनिषा हेल्थ केयर पु¥याइयो । तर उनीहरुको उपचारमा महंगो शुल्क लिएको भन्दै जनप्रतिनिधिहरु नै चिकित्सकमाथि हातपातमा उत्रिए । असार २० गते लालबन्दी नगरपालिका नगर उपप्रमुख कल्पना माया पाख्रिन र  वडा अध्यक्षसहितको टोली अनुमगनमा आएको थियो । अनुगमन टोलीले नै चिकित्सकमाथि दुब्र्यवहार गरेको अस्पताल प्रशासनको दाबी छ । 

लालबन्दी नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरु भने स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोउन्नती मापदण्ड सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने कार्यविधि २०७९” विपरित शक्तिको आडमा धन्दा चलाई रहेको आरोप लगाएका छन् । 

जनप्रतिनिधिहरुले चिकित्सकमाथि आक्रमण गरेको भन्दै चिकित्सकहरु भने आक्रोशित छन् । नेपाल चिकित्सक संघ जनकपुर शाखाले विज्ञप्ति नै जारी गरी घटनाको भत्र्सना गरेको छ । 

चिकित्सकमाथि दुब्र्यवहार गर्नेमाथि कारबाही नभए आन्दोलन गर्ने संघको चेतावनी छ । स्वास्थ्य मादपण्ड अनुसार नै क्लिनिकहरु सञ्चालन भइरहेको संघले दाबी गरे पनि नगरपालिका यो कुरा स्वीकार गर्न तयार छैन ।   

जिल्लाको लालबन्दी, नवलपुर, हरिवन,बरहथवा, गोडैता, इश्वरपुर मलंगवा लगायतका ठाउँमा दर्जनौको संख्यामा अनुमति नै नलिई गैरकानुनी तरिकाले क्लिनिक तथा औषधि पसलहरु संचालन हुँदै आएका छन् । कानून विपरित सञ्चालन भएका अस्पताल तथा क्लिनिकलाई तत्काल कारबाही गर्न जरुरी छ । तर उपचारमा संलग्न चिकित्सकहरुमाथि नै जनप्रतिनिधिहरुले नै दुब्र्यवहार गर्नु गलत हो । यसको निश्पक्ष छानबिन आवश्यक देखिन्छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update