काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार ४५ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएका ओलीलाई सपथका लागि सोमवार विहान ११ बजेको समय तय भएको छ । प्रधानमन्त्रीको सपथसँगै सोमवार नै मन्त्रीपरिषद् गठन गरिने बताइएको छ । तर कांग्रेस र एमालेबाट मन्त्रिपरिषद्मा को को सहभागी हुने अन्तिम टुंगो लागिसकेको छैन । कांग्रेसले सोमबार बिहान मात्रै मन्त्री बन्नेहरुको नामावलीको अन्तिम रुप दिने भनेको छ भने एमालेले पनि मन्त्रीहरुको नामावली टुङ्गोमा पु¥याउन सकेको छैन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार ४३ औं प्रधानमन्त्री नियुक्त भएका ओलीले सोमवार सपथ लिँदैछन् । सपथसँगै ओलीले मन्त्रिपरिषद् गठन गर्ने तयारी गरे पनि अहिलेसम्म प्रमुख दुई सत्ता गठबन्धन दल एमाले र कांग्रेसले नै मन्त्रीको टुंगो लगाउन सकेका छैनन् ।
एमालेले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई नै सुम्पिएको छ भने कांग्रेसले मन्त्री छनोटको मापदण्ड बनाएको छ । तर ओलीले नै मन्त्री टुंग्याउन सकेका छैनन् भने कांग्रेस संस्थापन र इतर पक्षको हानाथापमै अल्झिएको छ । नव नियुक्त प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली आन्तरिक छलफलमै छन् । प्रदेशिक सन्तुलन मिलाउनु पर्नेदेखि सरकरमा सहभागी सानादललाई दिने मन्त्रालयल र बाँकी मन्त्रालय कांग्रेस र एमालेले कसरी लिने भन्ने बिषयको अन्तिम रुप ननिस्कीएको कारण मन्त्रीहरुको नामावली टुङ्गो नलागेको एमाले नेताहरु बताउँछन् ।
कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गर्दा प्रधानमन्त्री लिने दलले ९ र अर्काे दलले १० मन्त्रालय लिने र बाँकी मन्त्रालय साना दललाई दिने सहमती भएको थियो । तर सरकारमा सहभागी हुने साना दल बढी भएपछि भागबण्डा मिलाउन सकस छ । साना दलबाट जसपा, जसपा नेपाल, लोसपा र जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे एमाले र कांगे्रस भित्र छलफल भइरहेको छ । अहिले नै मन्त्रीहरुको नामावली बाहिर नआए पनि प्रधानमन्त्रीसंगै दूई तिहाई बढी मन्त्रीहरुले सपथ लिने गरि तयारी भरहेको दाबी एमालेको छ ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारमा दोस्रो तहका नेताहरुलाई सरकारमा पठाएर परीक्षण गरेका ओली यसपटक आफ्नो नेतृत्वको सरकारको सारथि ककसलाई बताउँदै चासोको विषय छ । तर यसपटक पनि ओलीले एमालेका युवा सांसदहरुलाई मन्त्री बनाउन चाहेको देखिन्छ । ओलिले एमालेमा रहेका योगेश भट्टराई, पदम गिरी, ठाकुर गैरे, सुहाङ्ग नेम्वाङ्ग, विद्या भट्टराई, सूर्य थापा, दीपा शर्मा, तारा लामा तामाङ लगायतबाट मन्त्री बनाउन चाहेका छन् । तर अर्थमन्त्रीमा एमाले उपाध्यक्ष बिष्णु पौडेल बनाउनु पर्ने र पृथ्वी सुब्बा गुरुङ्गलाई पनि शक्तिशाली मन्त्री बनाउनु पर्ने ओलीमाथि दबाब छ । त्यसैले एमालेका सबै मन्त्रीहरुले प्रधानमन्त्रीसँगै सपथ लिन्छन् भन्ने एकिन छैन ।