News 24 Television
जनताको रुवावासी, नेताहरु उत्सवमा !

काठमाडौं । अहिले मुलुक प्राकृतक विपत्ति तथा यसबाट सृजित विभिन्न घटनाका कारण शोखमा ढुबेको छ । मुलुकभर बाढी पहिरो तथा सडक दुर्घटनाले मुलुकको मुहार मलिलो बनाएको  छ ।

भारी वर्षाका कारण विभिन्न स्थानमा गएको बाढी, पहिरोका कारण धनजनको क्षति पनि उस्तै छ ।  साथै गत शुक्रवार त्रिशूली नदिमा खसेको दुई वटा बस ३ दिन भइसक्दा समेत भेटिएको अवस्था छैन । 

यस्तो समयमा मुलुकको अभिभावत्व ग्रहण गरेका व्यतिmको भूमिका आमनागरिकले महसुस गर्नुपर्ने हो । तर मुलुक विपद्मा फसेको समयमा राजनीतिक दलका नेताहरु भने व्यतिmगत स्वार्थमा लिप्त देखिएका छन् । 

कुनै पनि मुलुकको विकास र संवृद्धिका लागि राजनिति र राजनेताको ठूलो योगदान हुने गर्दछ । तर नेपालको परिपेक्षमा हेर्ने हो भने यो शब्दले मुलुक बनाउने र विकासको बाटो तर्फ डोराउँने भन्दा पनि निजी स्वार्थमा डुबेर कुर्सीको राजनिति लागेको आरोप लाग्ने गरेको छ । 

राजनीतिक व्यवस्था परिवर्तन भएपनि मुलुकमा आर्थिक, सामाजिक तथा विकास निर्माणका काम हुन नसक्दा जनतामा निराशापन छाएको छ । साथै अहिलेको परिपेक्षमा हेर्ने हो भने, मनसुनी प्रभावका कारण मुलुक प्राकृतिक विपद्मा फसेको अवस्था छ । 


यस्तो समयमा मुलुकलाई विपद्बाट जोगान तथा विपद् गएको स्थानमा नागरिकलाई कसरी राहत दिने भन्ने विषयमा गम्भीर भएर छफफलमा जुट्नु पर्ने समय हो । तर अहिलको राजनितिक अवस्था भने आम नागरिकले अपेक्षा गरेको भन्दा फरक परिदृष्यमा छ । अहिले पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलाएर नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले दौडधुममा व्यस्त छन् । 

अहिले मनसुनी प्रभाव मुलुकका सबै स्थानमा देखिएको छ । बाढी पहिरो ढुवानले जनजिवन प्रभावित बनेको छ । केही दिनयताको लगातारको वर्षाका कारणको बाढी र पहिरोले भौतिक पूर्वाधार र जनधनको क्षति उतिकै भएको छ । बाढी र पहिरोका  कारण सडक तथा पुल भत्कदा १ अर्ब रुपैयाँ बढीको क्षति भएको तथ्य बाहिर आएको छ । साथै अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायत विपद्तीमा परी १ सय जना भन्दा बढिले ज्यान गुमाइसकेका छन् । 

त्यस्तै, गत शुक्रवार नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको दुईवटा बस तथा बसमा सवार दुई जना यात्रुको लास बाहेक अरु उपलब्धि हासिल हुन सकेको छैन । ती बसमा ५१ जाना सवार भएको बताएको छ । 

यस्तो अवस्थामा राज्यबाट बस तथा बसमा सवार यात्रुको खोजी कार्य कसरी छिटो बनाउँने भनेर लाग्नु पर्ने हो । साथै प्राकृतिक विपद्तीबाट निम्तन सक्ने अन्य स्वास्थ्य समस्या लगायत अन्य विविध समस्या समाधान गर्न तर्फ गम्भीर भएर लाग्नुपर्ने हो  । तर तीन तहको सरकार पाएका आम नागरिकले भने विपद्को समय होस् वा स्वास्थ्य संक्रमणको अवस्थामा नै किन होस् मुलुकको अभिभाकलाई लिएर ढुक्क हुने कुनै अवस्था नै नभएको विज्ञ बताउँछन् । 

नेपालको अस्थीर राजनितीका कारण मुलुक दिनप्रतिदिन अवगतितर्फ गइरहेको टिकाटिपणी हुन थालेको छ । नयाँ होस् वा पुरानो राजनितिक दल नै किन नहोस् मुलुकमा राजनितिक पात्रहरु फेरिए पनि आम नागरिकले भने परिर्वनको महसुन त कुरै छोडौं, आपत विपत परेको समयमा मुलुकको अभिभावकत्व प्रति ढुक्क भएर बस्ने वतावरण नै पाउँने गरेका छैनन् । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update