News 24 Television
भारतीय 'जीएल ब्राण्ड'का लेमिनेट्स नेपाली बजारमा

काठमाडौँ । कुनै पनि संरचनाको भित्री सौन्दर्यताका लागि लेमिनेट्सबाट बनेका डिजाइनहरुको प्रयोग बढिरहेको समयमा भारतीय प्रख्यात कम्पनी जिएलले नेपालका लागि गुणस्तरीय लेमिनेट्सहरु नयाँ डिजाइनमा नेपाली बजारमा ल्याएको छ । शुक्रबार काठमाडौँमा विशेष समारोहको आयोजना गर्दै नेपालका लागि आधिकारिक विक्रेता कम्पनीहरुले विभिन्न नयाँ डिजाइनका लेमिनेट्हरु नेपाली बजारमा उपलब्ध भएको जानकारी दिएका हुन् । 

कम्पनीले काठमाडौँमा रहेका विक्रेताहरुलाई समावेश गरी व्यापार प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरेको हो । जीएल लेमिनेट्सको नेपाल प्रमुख सुशील श्रेष्ठले गुणस्तर र सौन्दर्यको मामलामा अन्य लेमिनेट्सको तुलनामा आफुलाई अब्बल र विश्वासिलो रुपमा प्रस्तुत गर्दै लगेको बताएका छन् । कम्पनीले नेपाली ग्राहकलाई नै केन्द्रित गरी नयाँ नयाँ डिजाइनमा सुलभ र गुणस्तरीय लेमिनेट्सहरु बजारमा ल्याएकाले यसले सबैको मन जित्ने उनकाे विश्वास छ ।

3-1720952763.jpg
विगत १० वर्षदेखि जीएल कम्पनीका लेमिनेट्सहरु नेपाली बजारमा छन् । कम्पनीले विभिन्न आकर्षक डिजाइनमा गुणस्तरीय लेमिनेट्स उत्पादन गरि बजारमा पठाउँदै आएको छ । यसपटक भने कम्पनीले क्वालिटीलाई बढाउँदै डिजाइनमा पनि थप परिस्कृत गरेको विक्रेता अमर ट्रेडिङ हाउसका सञ्चालक सञ्जय पाेखरेलले बताए  । नेपाली बजारमा भित्रिएका लेमिनेट्हरु गुणस्तरका मामलामा निकै बलियो र भरपर्दो रहेको उनको दाबी छ । 

उच्च स्तरीय प्रविधिबाट निर्मित जिएल कम्पनीका लेमिनेट्हरु विशेषताका हिसावले फोका नउठ्ने, स्क्र्याच नहुने, पानीले समेत नविग्रने वाटर फ्रुफ र लामो समयसम्म टिकाउयुक्त रहने अमर ट्रेडिङका अध्यक्ष लक्ष्मण बरालकाे दाबी छ । घर, पसल, अफिस तथा समपूर्ण संरचनालाई आकर्षक बनाउनमा यो लेमिनेट्ले ठूलो भूमिका खेल्ने उनले बताए । 

5-1720952790.jpg
नेपालका विभिन्न सहरहरुमा जीएल कम्पनीका लेमिनेट्स उपलब्ध छन् । नेपालको परिवेश सुहाउँदो डिजाइन भएकाले नेपाली उपभोक्तमाझ यो निकै लोकप्रिय बन्दै गएको छ । कम्पनीका नयाँ मोडलका लेमिनेट्सहरु विभिन्न साइज तथा डिजाइनमा उपलब्ध भएकाले ग्राहकलाई ढुक्क भएर प्रयोग गर्न अनुरोध गरिएको छ । 

4-1720952818.jpg
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update