News 24 Television
डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि र्यालीका क्रममा गोली प्रहार भएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍याली गरिरहेका बेला उनीमाथि गोली प्रहरार भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । गोली लागे पनि उनी सुरक्षित रहेको बताइएको छ । 

तस्बीरमा ट्रम्पको कान र अनुहारमा रगत बगेको देखिन्छ । उनलाई हाल अस्पताल लगिसकेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update