News 24 Television
एमाले–माओवादीको खुइल्याउने डिजाईन !

काठमाडौं । प्रधानमन्त्रीका रुपमा संसदमा पाचौं पटक विश्वासको मत माग्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही आक्रोशित र भावुक मुद्रामा प्रस्तुत भए । 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद विघटन स्मरण त गराए नै फेरी ओलीको कदम त्यसतर्फ हुन सक्ने भन्दै कांग्रेसलाई सजग हुन पनि भने । 

यता, एमालेले पनि सशस्त्र विद्रोहलाई स्मरण गरायो । कांग्रेस–एमाले मिल्दा लोकतन्त्र खतरामा परेको प्रचण्डको टिप्पणीमा एमालेले प्रभावशाली सरकार बन्ने भन्दै काउण्टर जवाफ फर्काएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । 

शुक्रबार प्रधानमन्त्रीका लागि विश्वासको मत माग्दै प्रचण्डले स्र्वग र नर्कसँगै जाने भन्दै अध्यक्ष ओलीले झुक्काएको र दुई ठूला दल काँग्रेस र एमाले मिलेर जनताको अधिकार खोस्ने प्रयत्न भैरहको भन्दै आशंका गरेका छन् । 

देशमा सुशासन कायम हुन थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनको दाबी छ । संविधानमाथि पनि रहस्यमय ढंगले छेडछाड गर्न खोजेको आरोपसँग प्रचण्डले भागबण्डा नगरेको भनेर गठबन्धभित्र खटपट भएको पनि उजागर  गरे । 

मुख्य प्रतिस्पर्धी दल मिल्दा लोकतन्त्र कमजोर हुने र निरकुंरता सिर्जना हुने टिप्पणी उनको छ । यद्यपी उनले आफू नेतृत्वको सरकारले उत्कृष्ट काम नगरेको भने स्वीकार गरे ।  

प्रचण्डको दाबी, शंका र आरोप

–    संसद विघटन गर्न उद्दत रहेका एमाले अध्यक्ष केपी ओलीले नैतिकता सिकाउनु
 नसुहाउने
–    सुशासन कायम हुने डरले दुई ठुला दल मिलेको

–    रहस्यमय ढंगले सविधानमाथि छेडछाडको सम्भावना

–    सरकार ढाल्न कुतर्क र मध्य रातको सहारा

–    राष्ट्रिय सहमतिको बर्को ओडेको

–    आफुले ओम्नी, यति र गिरिबन्धु नबोकि प्रधानमन्त्री बनेको जिकिर

–    प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान चुनौती

–    त्रिविको जग्गा, ललिता निवास, भुटानी शरणार्थी, बाँसबारी, बालमन्दीरको शक्तिले 
सरकार ढालेको 
–    प्रचण्डसँग बदला लिन नागरिकको अधिकार कटौती गर्न सक्ने शंका

–    वामपन्थी एकताका नाममा केपी ओलीले झुक्काएको

–    केपी ओलीले अल्पमतमा पर्नासाथ संसद विघटन गर्न सक्ने आशंका

यता, एमालेले देशलाई निकास दिनका लागि ठूला दल एक ठाँउमा उभिनु परेको दाबी गरेको छ । एमाले–काँग्रेस मिल्नु कठोर तर एतिहासिक निर्णय भएको भन्दै शासकिय स्थात्वि हुने जिकिर एमालेको छ । दुईपटक संसद विघटन गरेको एमालले संसदलाई स्वार्थसिध गर्ने साधान मात्र नबनाएको जिकिर गरेको छ । देश लामो समयदेखि प्रयोगशाला भएको भन्दै बलियो र प्रभावशाली सरकार बन्ने दाबी गरेको छ । 
बाइटः योगेश भट्टराई, सचिव, नेकपा एमाले

एमाले दाबी र आरोप

–    प्रचण्डले अनुकुल र प्रतिकुलमा संविधान संशोधनलाई फरक व्याख्या गरेको
–    माओवादीले लगानी भन्दा बढी नाफा खोजेको

–    एमालेले प्रचण्डको व्यक्तित्वमाथि जोखिम मोलेको

–    केपी ओली नेतृत्व सरकारले मात्रै विकास निर्माणमा जोड दिएको

–    दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न असफल पार्ने

–    प्रचण्डलाई अर्को समीकरणको विकल्प नभएको

–    दक्षिण, उत्तर र पश्चिमसँग स्थिर सम्बन्ध कायम गर्ने

–    छ अर्बको वैैदेशिक लगानी प्रतिबद्धताले कुनै उपलब्धि नभएको

–    राष्ट्रपति एमालेलाई दिन प्रचण्ड तयार भएको

–    प्रचण्डले गठबन्धन बिगारेको

–    कांग्रेससँग जोखिमपूर्ण यात्रा तय गरेको 

हुनत सत्तापक्ष र प्रतिपक्षका नेताहरूबाट गरिने दलगत खिचातानी, आरोप प्रत्यारोपलाई खास अस्वाभाविक मानिँदैन । तर अब एमाल–काँग्रेस गठबन्धनको भविष्य राजनीतिक स्थायित्व, संविधानको कार्यान्वयन, राष्ट्रिय एकता, अन्तराष्ट्रिय छबी, अर्थतन्त्र लगायतका विषयसँग जोडिएको छ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update