News 24 Television
के–के हुँदैछ कोरोना खोपमा ?

काठमाडौं । कोरोना भाइरसको जोखिम अहिले पनि पूर्ण रुपमा हटेको छैन । जसका कारण संक्रमणलाई लिएर हेलचक्राई गर्ने अवस्था अहिले नै नरहेको भन्दै सरकारले पुनःअनुदान स्वरुप १६ लाख बढि मात्राको खोप ल्याएको छ । 

साथै खोप जोखिम समूहलाई बुटर डोजका रुपमा प्रदान गर्ने योजना समेत सरकारले बनाएको छ । तर, अहिले खोपको माग निकै कम भएको अवस्थामा सरकारले ल्याएको खोप खेर जाने हो कि भन्ने आशंका भने बढाएको छ । 
 
कोरोना संक्रमण महामारीको समयमा कोरोना विरुद्धको खोपको माग र यसको महत्व  सर्वाधिक थियो । खोप लगाउनकै लागि सर्वसाधारण घण्टौ लाइनमा बस्दा समेत खोप नपाएर खाली फर्कनु पर्ने अवस्था सृजना भएको थियो । 

सरकारले पनि खोप नेपालमा ल्याउन दात्री निकायसंग हार हारगुहार समेत गरेको थियो । अहिले कोरोना भाइरसको जोखिम कम मात्र हैन खोपको माग निकै न्यून छ । तर माग कम भए पनि सरकारले असार ११ गते देखि २३ गते सम्म विभिन्न चरणमा फाइजरको मनोभ्यालेन्ट नामक १६ लाख ६८ हजार ४ सय ८० मात्रा खोप ल्याएको छ । 

उतm खोप सरकारले खरिद गरेर ल्याएको भन्दा पनि दात्री निकायले अनुदान स्वरुप दिइएको खोप हो । अहिले पनि कोरोना भाइरसको जोखिम हटेको अवस्था छैन । 

संक्रमण कम देखिए अहिले पनि विभिन्न भेरिष्ट देखिने क्रम जारी रहेकाले भविष्यमा संक्रमण फैलन सक्ने जोखिम उतिकै रहेको विज्ञहरुले औलाउँदै आएका छन्  । 

यस्तो अवस्थामा भविष्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गदै खोप ल्याउको परिवार कल्याण मशाखा अन्र्तगत बाल स्वास्थ्य तथा खोप शाखाको भनाई छ । साथै उक्त खोप जोखिमका समूहलाई लगाउने योजना समेत रहेको खोप शाखाले जनाएको छ । 

तथ्यांक अनुसार नेपालमा ९५ प्रतिशत भन्दा बढिले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जसमा पहिलो बुटर डोज आर्थत तेस्रो मात्रा खोप लगाउँने ४६ प्रतिशत र  ८ प्रतिशले चौथो मात्रा खोप लगाएको लगाएको तथ्यांक छ । 

नेपालमा हालै आएको कोरोन भाइरस विरुद्धको फाइजरको मनोभ्यालेन्टखोप ग्लोबल एलाएन्स फर व्याक्सिन एन्ड इमुनाइजेसन गाभीबाट अनुदानमा ल्याइएको खोप हो । उतm  खोप विदेश जाने, रोग प्रतिरोधात्मक क्षमता कम भएका यतिm, दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती स्वास्थ्यकर्मीलाई लगाइने योजना सरकारले बनाएको छ । तर संभावित जोखिमलाई मध्य नजर गदै सरकारले खोप ल्याउँनु सकारत्मक पक्षका रुपमा लिन सकिन्छ । 

तर ल्याएको खोपको उचित व्यवस्थापन तर्फ ध्यान दिन समेत उतिकै आश्यक भएको विज्ञहरु औलाउँछन् ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update