News 24 Television
वर्षायामा अनेक रोगको जोखिम, जोगिने कसरी ? 

काठमाडौं । अन्य मौसमको तुलनामा वर्षायाममा स्वास्थ्यमा देखिने समस्या धेरै र फरक हुने गर्दछन् ।  वर्षायाममा पानी तथा पानीजन्य, किटजन्य रोगहरु बढि देखिने गर्दछन् । साथै यो मौसममा हावाबाट फैलने रोगहरुको जोखिम उच्च हुने भएकाले यो समयमा बढि समावधान हुन आवश्यक हुन्छ । विशेष गरि वर्षायाममा हेपाटाइटिस, हैजा, टाइफाइड जस्ता रोगहरुको जोखिम उच्च हुने हुदाँ यस्ता रोगबाट जोगिन विशेष सावधानी अपनाउँनु पर्ने देखिन्छ । वर्षायाम लाग्ने रोगबाट कसरी जोगिने त ? 

वातावरणियको तापक्रमका अनुसार स्वास्थ्यमा देखापर्ने स्वास्थ्य समस्या पनि फरक फरक हुने गर्दछन् । वातावारणीय तापक्रमम कम अर्थात जाडो महिनामा देखिने स्वास्थ्य समस्या गर्मी मौषमको तुलनामा फरक हुने गर्दछ । साथै गर्मी मौषममा पनि चर्को घाम लागेको समयमा तथा मनसुनी समयमा देखिने स्वास्थ्य समस्या केहि फरक हुने गर्दछ । जसका कारण पछिल्लो केहि साता देखि मनसुन सक्रिय भएको र देशभर भारी वर्षा भएका कारण यो समयमा विशेष गरी पानी तथा पानी जन्य संक्रमणको जोखिम उच्च हुने गर्दछ । वर्षा मौषममा विशेष गरी झाडापखला, हैजा, टाइफाइट, जस्ता समस्या बढि देखिने गर्दछ । साथै वर्षायाममा बढी पहिरो जस्ता प्राकृतिक विपद्ती समेत आउँने भएकाले यस्ता स्थानमा हुने विशेष सर्तका अपनाउनु पर्ने चिकित्सक बताउँछन् ।

वर्षायाममा देखिने स्वास्थ्य समस्याहरु : 

    किटजन्य सरुवा रोग 
    पानी तथा खानाजन्य सरुवा रोग 
    फंगल इन्फेक्सन 

वर्षायाममा हुने स्वास्थ्य समस्याबाट जोगिन के गर्ने ?

    शुद्ध पानीको सेवन अत्याधिक मात्रामा गर्ने  
    पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउँने 
    खानपिनमा विशेष ध्यान दिने 
    ताजा र सफा खानपिनमा जोड दिने 
    साग सब्जीको बढी प्रयोग गर्ने 
    लाम्खुट्टेको टोकाइबाट बच्च सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउने  
    राति सुत्दा झुलको प्रयोग गर्ने 
    व्यतिmगत सरसफाइ तथा वरपरको सरसफाइमा विशेष ध्यान दिने 
    बासी सडेगलेका खानेकुरा नखाने 

वर्षायाममा विभिन्न खाले किटाणु, परजीवी, रासायनिक पदार्थको लसपसका कारण पानी तथा खाना दूषित भएर मानव स्वास्थ्यमा असर पार्न सक्छ । प्रदूषित पानी तथा खानाका कारण झाडापखालाको समस्या यो समयमा बढि समेत देखिने गरेको पाइन्छ । यतिमात्र नभएर झाडापखलाका कारण नेपालमा वर्षेनी हुने अकाल मृत्यु मध्ये पाँचौं मुख्य कारक तत्वका रुपमा समेत देखिन्छ । त्यसैले वर्षायाममा देखिने विभिन्न समस्याबाट जोगिन पानी तथा खानपीनमा विशेष ध्यान दिन आवश्यक भएको विज्ञ औलाउँछन् । साथै किटजन्य रोगबाट जोखिन सचेत र जाकरुक हुन पर्ने विज्ञको सुझाव छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update