News 24 Television
त्रिशूलीमा दुई बस खस्यो

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । 

ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । 

उहाँका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको न्जट बस त्रिशूलीमा खसेका हुन् । 

प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । 

उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” 

उनले  यकिन विवरण भने आई नसकेको बताए ।  

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update