
काठमाडौं । पशुपतिनाथ मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । यहाँ दैनिक सयौं दर्शनार्थी पुग्ने गर्दछन् । तर, पशुपति मन्दिर जाने बाटो भत्काएइको वर्ष दिन बढि भइसक्यो ।
एक वर्षसम्म पनि बाटो निर्माण कार्य सम्पन्न नहुँदा पशुपति पुग्ने दर्शनार्थीमा यसले खिन्नता बढाएको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्र समेत रहेको पशुपतिनाथ मन्दिर परिसरको अवस्था अस्तव्यस्त र फोहर बन्दा समेत पशुपति क्षेत्र विकास कोषको ध्यान जान नसकेको सर्वधारणको गुनासो छ ।
यो पशुपतिनाथ क्षेत्र हो । पशुपतिनाथको दर्शनका लागि एवम् पशुपति क्षेत्र अवलोकनका लागि देशविदेशबाट दिनहुँ हजारौं आउने गर्छन् । तर, हिन्दुधर्मालम्बीहरुको आस्थाको केन्द्र पशपतिनाथको मन्दिर जाने बाटो तथा वरपरपरको अवस्था भने निकै दयनिय छ ।
पशुपति क्षेत्र विकास कोषले गौशाला चोकबाट पशुपति मन्दिर जाने वनकाली मन्दिर तर्फको बाटो निर्माण कार्य थालेको साढे एक वर्ष भइसक्यो । अहिले पनि बाटोको निर्माण कार्य पुरा भएको छैन ।
जसका कारण यो बाटो हुदै पशुपति दर्शनका लागि जाँने दर्शनार्थिहरु मारमा परेका छन् । पशुपति दर्शका लागि पुग्ने दर्शनाथीहरु पनि भत्काएको बाटो बनाउने तर्फ पशुपति विकासको ध्यान नएको गुनासो गर्दछन् ।
वर्षायाम त्यसमाथि हिलाम्मे बाटो मात्र नभर फोहरको ढंगुर, जीष्ण बनेका संरचनाले समेत पशुपति क्षेत्र परिसरलाई कुरुप बनाएको छ ।
पशुपति नाथ मन्दिर नेपालको मात्र नभएर हिन्दुु धर्ममा आस्था राख्ने अन्य मूलुकका भक्तजनहरुको समेत आस्थाको केन्द्रका रुपमा लिने गरेको पाइन्छ ।
साथै यहाँ मन्दिर दर्शन गर्ने मात्र नभएर मन्दिर तथा वरपरका वस्तु अवलोकन गर्ने पर्यटकहरुको समेत घुइँचो उतिकै हुने गर्दछ । तर विश्व सम्पदामा सूचिकेत पशुपति नाथ मन्दिर परिसरको यो अवस्था सुधार गर्न तर्फ पशुपति क्षेत्र विकास कोषको ध्यान गएको देखिदैन ।
पशुपति क्षेत्रको यस्तो दूरअवस्था हुनुको कारण देशको अस्थीर राजनितिक अवस्था समेत देषि देख्छन् दर्शनाथीहरु ।
भगवान प्रति आस्था बोकेर मन्दिर दर्शन गर्ने जाने मात्र नभएर मन्दिरको वरपरको वतावरणले मनलाई शितलता र आनन्द समेत प्रदान गर्ने गर्दछ । तर पछिल्लो समय पशुपतिनाथ मन्दिर परिसरमा विकास र निर्माणको नाममा भत्काएका लथालिङ अवस्था जीष्ण बनेको संरचना र फोहरका ढंगुरले पशुपतिनाथ मन्दिर दर्शनका लागि पुग्ने दर्शनार्थीको मन खिन्न बनाउँने नै छ ।
साथै पशुपति नाथ क्षेत्रको यो दूरअवस्थाका कारण कारण पशुपतिनाथ क्षेत्रपुग्ने विदेशीका माझ नेपाल र नेपाली प्रति कस्तो छाप बन्ला भन्ने प्रश्न चिन्ह समत उब्जाएको छ ।