काठमाडौं । पछिल्लो समय निर्माण क्षेत्रमा एएसी ब्लकको प्रयोग बढ्दै गएको छ । जर्मन प्रविधिबाट निर्मित यो ब्लक हलुका, भुकम्प, ताप र अग्नि प्रतिरोधक हुनुका साथै टिकाउ लगायतका विशेषताले गर्दा पछिल्लो समय यसको प्रयोग बढ्दै गएको हो ।
परम्परागत इट्टाको तुलनामा हलुका, भुकम्प, ताप र अग्नि प्रतिरोधक भएकाले एएसी ब्लकको माग बढ्दो क्रममा छ । अटोक्लेभ्ड एरेटेड कंक्रिट अर्थात एएसी ब्लक बनाउँदा उर्जाको बचत हुने, आकारमा एकरुपता आउने, टिकाउ, ध्वनि अवरोधक र वातावरण मैत्री हुने भएपछि नेपालमा यसको प्रयोग बढ्दै गएको हो ।
जर्मन प्रविधिबाट उत्पादन गरिएको एएसी ब्लक प्रयोग गरेर घर तथा भवन निर्माण गर्दा सस्तो निकै सस्तो पर्ने, घर निर्माण कार्य छिटो सकिने र आकर्षक देखिने भए पछि यसको प्रयोगमा बृद्धि भएको यसका व्यवसायी बताउँछन् ।
एएसी ब्लक रुचाइनुका कारणहरु धेरै रहेका छन् । सामान्यतयाः इट्टाको प्रयोग गर्दा १० देखि १५ प्रतिशत टुटफुट हुने गर्छ तर यसको प्रयोगमा २ देखि ३ प्रतिशत मात्रै टुटफुट हुन्छ । त्यस्तै निर्माणका क्रममा सिमेन्ट खपत कम हुने र अन्य तुलनामा ३० प्रतिशतसम्म सस्तो पर्न जान्छ । एएसी ब्लकको प्रयोग गरि म्याग्दीको सिङ्गा तातोपानीमा श्रेष्ठ होटल एण्ड हट स्प्रिङ्ग, काठमाडौंको ठमेलमा होटल बाराही सहित २० बन्दा बढी ठुला होटल तथा रिसोर्ट निर्माण गरिएको छ ।
यी बाहेक यस्ता ब्लक प्रयोग गरेर १५ भन्दा धेरै ठुला व्यापारी भवन, १० भन्दा बढी आवासीय क्षेत्र, ८ भन्दा बढी हाईड्रो पावर, १२ भन्दा बढी स्कुल तथा कलेज, ११ भन्दा बढी अस्पताल र अख्तियार दुरुपयोग अनुसन्धान अयोगको भवन सहित ६ भन्दा बढी सरकारी भवनहरु निर्माण गरिएको छ । ईट्टा उत्पादनमा गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने भएपछि यसले बजार पाएको हो ।
कुनै पनि भवन चाडोभन्दा चाँडो निर्माण सम्पन्न परम्परागत इट्टाभन्दा एएसी ब्लक प्रयोग गर्दा छिटो हुन्छ भने आगोले नटिप्ने भएकाले पनि यो निकै सुरक्षित मानिन्छ ।
२०७२ सालको भुकम्पपछि नेपालमा यसको प्रयोग व्यापक बन्दै गएको हो । भूकम्प प्रतिरोधी क्षमताका कारण पनि यस्ता ब्लकप्रति उपभोक्ताको विश्वास बढ्दै गएको व्यवसायी दाबी गर्छन् । एसीसी ब्लकका लागि नोपलमै ८० प्रतिशत कच्चा पदार्थ उपलब्ध छ भने बाँकी २० प्रतिशत कच्चा पदार्थ आयात गर्नुपर्छ ।
बाहिरबाट आयात गर्नु पर्ने कच्चा पदार्थमा आर्थिक वर्ष २०८१\०८२ को बजेटमा कर बृद्धि भएपछि समग्र उद्योगमै असर पर्ने व्यवसायीको गुनासो छ ।