News 24 Television
डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न  चार अग्रणी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य 

काठमाडौं । नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती, आइ.एम.इपे तथा प्रभु पे ले"KYCजरुरी छ" साझा अभियानको थालनी गरेका छन् । 

सम्पूर्ण नेपालीमाझ सरल डिजिटल भुक्तानी तथा सहज वित्तीय सेवाहरूको पहुँच पुर्यामएर नेपाललाई डिजिटल रूपान्तरण गर्न यो अभियानले अत्यन्तै ठूलो भूमिका खेल्नेछ । 

नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार डिजिटल वालेट प्रयोगकर्ताहरूले डिजिटल कारोबार गर्नको लागि KYC प्रमाणीकरण  अनिवार्य रहेकोले जनमानसमा KYCको महत्त्वबारे सचेतना फैल्याउन यो अत्यन्तै आवश्यक कदम हो ।

KYC (Know Your Customer) डिजिटल वालेट प्रयोगकर्ताहरूको पहिचान प्रमाणीकरण गर्ने एक अत्यावश्यक प्रक्रिया हो र कालो धन शुद्धिकरण, अनलाइन ठगी, क्रिप्टोमाइनिंगतथा अनलाइनबेटिंगजस्ता आपराधिक क्रियाकलापमा डिजिटल वालेटको दुरुपयोग रोक्नको लागि अनिवार्य रहेको छ । 

आर्थिक वर्ष २०८१/२०८२ को सुरुवातदेखि सबै डिजिटल प्रयोगकर्ताहरूले आफ्नो KYC प्रमाणीकरण अनिवार्य रुपमा गर्नु पर्ने नियम नेपाल राष्ट्र बैङ्कको रहेको छ । 

KYCप्रमाणीकरण  नभएका डिजिटल वालेटहरुको सञ्चालनको रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमाभएको रकम फ्रिज हुनेछ र पश्चात मात्र डिजिटल खाता पूर्ण रुपमा सञ्चालनमा आउने व्यहोरा रहेको छ ।

नेपालको डिजिटल रूपान्तरण गर्न गरिएको यो साझेदारीको बारे बोल्दै नेपालको पहिलो भुक्तानी सेवा कम्पनी इसेवा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का भन्नुहुन्छ, “डिजिटल भुक्तानी सेवालाई सरल बनाएरइसेवाप्रयोगकर्ताहरूलाई थप सहजता प्रदान गर्नKYCएकदम महत्वपूर्ण कदम हो । 

प्रयोगकर्ताहरूलाई डिजिटल ठगीबाट जोगाउँनका साथै गैरकानूनी गतिविधिहरूको लागि डिजिटल वालेटको दुरुपयोग गर्ने जस्ता कार्यहरू रोक्न KYC प्रमाणीकरण अत्यन्तै महत्वपूर्ण रहेको छ। KYC Verify गराउनै पर्छ" आफ्नो प्रतिक्रिया दिदैँ खल्ती भुक्तानी सेवाका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्नुहुन्छ, “सारा नेपालीको वित्तिय समावेशिताको लागि बिगत ७ बर्ष भन्दा बढी देखि काम गर्दै आएको यस खल्ती डिजिटल वालेटले नेपाल राष्ट्र बैङ्कको निर्देशिका बमोजिम कुनै पनि डिजिटल वालेटबाट भुक्तानी गर्न KYC Verification अनिवार्य भएको कारण सबै नेपालीको वित्तिय सहभागिताको लागि प्रमुख डिजिटल वालेटहरुको यो सहकार्य एक कोसेढुँगा साबित हुन्छ भन्नेमा मविश्वस्तछु। 

साथै यो सहकार्यमा नेपाल राष्ट्र बैँक लगायत सम्पूर्ण नियामक निकायहरूबाट सहयोगको अपेक्षा समेत गरेको छु।" 
सहज र सुरक्षित भुक्तानीको लागि KYCको भूमिका बारेमा IMEPay का प्रमुख कार्यकारी अधिकृतले प्रवीन रेग्मी प्रष्ट पर्दै भन्नु भयो, “KYCगर्नु भनेको पारदर्शी वित्तीय लेनदेन र भ्रष्टाचार विरुद्धको पहिलो कदम हो।

“सबै नेपालीलाई सहज वित्तीय सेवाहरूको पहुँच पुर्याउन यो अभियानले खेल्ने भूमिका बारे प्रभु पे का प्रमुख कार्यकारी अधिकृत बिक्की शाही भन्नुहुन्छ, क्यास-ले सकारोबार सहजीकरण गर्नका लागि KYC को महत्वपूर्ण भूमिका रहनेछ र अनलाइन ठगी बाट ग्राहकहरूलाई बचाउन साथै जानेर वा अन्जानमा हुने अपराधिकरण कृयाकलाप रोक्न पनि KYC को विशेष भूमिका रहनेछ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update