News 24 Television
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

मकवानपुर । बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी स बै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष  राजीनामा पेस गरेका हुन् ।

    एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र  उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनमा दिएका हुन् ।

   केन्द्रमा नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेशहरूमा समेत देखिन थालेकाे छ, यसैकाे रूपमा बाग्मती प्रदेशबाट एमाले बाहिरिएको हो । 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update