News 24 Television
नेपाल विज्ञापन संघ र विज्ञापन बोर्डद्वारा विज्ञापन कार्यशाला सम्पन्न

काठमाडौँ । नेपाल विज्ञापन संघ र विज्ञापन बोर्डको संयुक्त आयोजनामा विज्ञापन सम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ । 

शुक्रबार होटल मल्लमा कार्यशालामा अन्तराष्ट्रिय प्रशिक्षक भरत अभालानी तथा स्थानीय सहजकर्ता एवं विज्ञ रन्जित राज आचार्य, दिपेन्द्र टण्डन उजय शाक्य तथा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईको सहभागिता थियो । कार्यशालाका सहभागीहरुलाई विभिन्न विषयवस्तु विज्ञापन, ब्रान्ड र मार्केटिङ्गमाथि कार्यपत्र पेश गर्दै सहभागीहरुलाई आआफना विचार राख्न लगाइएको थियो । 

मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार तथा आन अध्यक्ष सुदिप थापाले कार्यक्रमका सहभागीलाई धन्यवाद दिएका थिए । नेपाल टेलिकम तथा पर्यटन बोर्डको विशेष सहभागिता रहेको कार्यशालामा विज्ञापन एजेन्सी तथा सञ्चार माध्यमको बाक्लो सहभागिता थियो । 

pr-pho-1720417817.jpeg
 

यो कार्यक्रमको मुख्य आयोजक नेपाल विज्ञापन संघ र विज्ञापन बोर्ड रहेको र सहयोगी सस्थांहरुमा नेपाल टेलिभिजन र राष्ट्रिय बाणिज्य बैक लिमिटेड र करिव १२० जनाको सहभागिता थियो । बिहान ९ बजे देखि सुरु यस कार्यक्रम आयोजक संस्था द्धय विज्ञापन बोर्ड र विज्ञापन संघबाट विज्ञ भरत आभलानी र प्रायोजक राष्ट्रिय बाणिज्य बैक र नेपाल टेलिभिजनलाई मायाको चिनो प्रदान गरिएको थियो । 

कार्यशालाले विज्ञापन व्यवसायी, विज्ञापनदाता र सञ्चार माध्यमबिच घनिभुत सहकार्य गर्ने र नव प्रर्वतक उद्यम स्टार्ट अपलाई विज्ञापनकर्मि तथा सञ्चार माध्यमले प्राथमिकता राखी प्रर्वद्धनमा सहयोग गर्ने समेत निचोड निकालेको छ । 

कार्यक्रममा सहभागीहरुबाट आएका उत्कृष्ट तीन विषयवस्तुलाई विज्ञापन व्यवसायी तथा सञ्चार माध्यमले अगाडि बढाउने छन् ।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update