
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काठमाडौं महानगरका मेयर बालेन शाहले गिरिबन्धु प्रकरणको विषय कोट्याउँदै पुनः कटाक्ष गरेका छन् । लगातारको वर्षासँगै आएको बाढीका कारण खोला किनारका वस्तीहरु डुवानमा परेपछि मेयर शाहले ओलीमाथि फेरि मुख खोलेका हुन् । यो सँगै ओली र बालेनबीचको विवाद पुनः सहतमा आउने देखिएको छ ।
लगातारको वर्षासँगै बाग्मति नदीमा आएको बाढीले शनिबार काठमाडौंका विभिन्न स्थानमा क्षति गरेको छ । खासगरी बाढीले नदी किनारका सुकुमबासी बस्तिहरु डुवानमा परेका छन् ।
जसबाट हजारौँ मानिसहरु प्रभावित बने । मेयरमा निर्वाचित भएलगत्तै बालेन शाहले बाग्मतीको सभ्यतालाई कायम गर्न भन्दै सुकुम्बासी बस्ती हटाउन पहल गरेका थिए । तर केन्द्र सरकारले बालेनका योजना र कदमलाई अवरोध गर्यो ।
त्यसपछि व्याक भएका मेयर बालेनले सुकुम्बासी बस्तीमा बाढीले वितण्ड मच्चाएपछि गिरिबन्धुसहितको प्रकरण जोडेर ओलीमाथि कटाक्ष गरेका हुन् ।
मेयर बालेनले ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ? भन्दै प्रश्न गरेका छन् ।
बालेन ओलीविरुद्ध यतिमा मात्रै रोकिएका छैनन् । ओलीले गिरिबन्धु प्रकरणमा यस्ता १५ हजार घरपरिवार व्यवस्थापन गर्न सकिने रकम पचाउन लागेको गम्भीर आरोप लगाएका छन् । काठमाडौंमा हाल दुई हजार घरपरिवार मात्रै खोल किनारमा बस्दै आएको मेयर बालेनको दावी छ ।
ओली र बालेनबीच पुरानै दुस्मनी
बालेन ०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट मेयमा विजयी भए । निर्वाचनमा होमिनु अघि नै बालेनले विभिन्न दल र नेताहरुमाथि खरो टिप्पणी गर्ने गर्थे । जसक्रममा बालेनले ओली काठमाडौंस्थित धरहरालाई सेतोटावरको संज्ञा दिए ।
त्यस्तै मेयरमा निर्वाचित भएपछि बालेनले बाग्मतीको सभ्यता मासिएको भन्दै सुकुम्बासी बस्ती हटाउन डोजर नै लागाउने प्रयास गरे । तर केन्द्र सरकारले अवरोध गरेको थियो । बालेनको उक्त कदममाथि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा अोलीले अझै आलोचना गर्ने गरेका छन् ।
बालेनले पछि सडक तथा भौतिक पूर्वाधारको क्षेत्रको विकास र स्तरोन्नति गर्ने योजनाहरु अघि बढाए । तर आफ्नै कार्यपालिका बैठकमै दलका सदस्यहरुले योजना कार्यान्वयनमा अवरोध गरे ।
न्यूरोडको पार्किङ खाली गराउँदा, धरहराको अन्डर ग्राउण्डलाई पार्किङको प्रयोजनमा ल्याउँदा र न्यूरोडको फुटपाथ बढाएउने विषयमा पनि बालेनले राजनीतिक दलहरुको अवरोध खेपे । अवरोध गर्ने पङ्तिमा एमालेबाट निर्वाचित वडाध्यक्षहरु पनि छन ।
त्यसअघि बालेन र सडक विभागबीच पनि लफडा भएको थियो । त्यो बेला घुविर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । काम नै अवरोध भएपछि मेयर बालेनले सम्झौताको दशक वितिसक्दापनि रिङरोडको स्तरोन्नति नगरेको भन्दै सडक विभाग अघि एक ट्रक फोहोर थुपारिदिए । यसपछि ओली पनि बालेनविरुद्ध गाली गलौजमा उत्रिन थालेका हुन् ।
आफूविरुद्ध जवाफ आउन थालेपछि अझ विच्किएका बालेनले ओलीमाथि गिरिबन्धुको काण्डसम्म जोड्दै आइरहेका छन् । बालेनले तारन्तार ओलीमाथि गिरिबन्दु प्रकरणमा दश हजार करोडको काण्ड गरेको गम्भीर आरोप लगाउँदै आइरहेका छन् ।
बालेनले गिरीबन्धु प्रकरणमा ओलीमाथि कुनै न कुनै दिन कारवाहीमा हुने दावी गर्दै आइरहेका छन् । यही काण्डलाई विषयान्तर गर्न एमालेले आफूलाई अवरोध गर्न थालेको बालेनको बुझाइ छ । यसअघि नेपाली काँग्रेसले नै गिरिबन्धु प्रकरणको विषयमा प्रश्न उठाइरहेको थियो । यही विषयमाथि प्रश्न गर्दा ओली बालेनको नाम लिएरै कड्किने गरेका छन् ।
एमाले अध्यक्ष ओली अहिले काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा छन् । काँग्रेस–एमालेबीच सरकार गठनको विषयमा समझदारी भएको खबर बाहिरिए लगत्तै मेयर बालेनले ओली र देउवाको तस्बिर राखेर यो समय गिरीबन्धु चियाको हो भन्दै व्याङ्ग्य पनि गरेका थिए । तर उता ओली भने बालेनको आरोप र टिप्पणीलाई खुद्राको विषय भन्दै बम्किने गरेका छन् ।