News 24 Television
क्लब अफ साया काठमाडौंद्वारा निःशुल्क स्वास्थ्य शिविर 

काठमाडौं । क्लब अफ साया काठमाडौंले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौंको नैकापस्थित ओम समाज हस्पिटलसँगको सहकार्यमा सायाले स्वास्थ्य शिविर सम्पन्न गरेको हो । 

सायाले आयोजना गरेको शिविरमा २ सय बढीले सेवा लिएको सायाका उपाध्यक्ष रणबहादुर गुरुङ (रविन)ले बताएका छन् ।  

स्वास्थ्य शिविरमा क्लबका पदाधिकारी, पूर्वपदाधिकारी, सदस्यसहित ओम समाजका अध्यक्ष समेत रहेका दन्त चिकित्सक डा. सुवाष घिमिरे समेत उपस्थित भएको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update