News 24 Television
 बेलायतमा लेबर पार्टीको बहुमत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने 

काठमाडौँ । केयर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसदको तल्लो सदनमा स्पष्ट बहुमत हासिल गरेको छ । संसदका कुल ६५० सिटमध्ये ४६७ सिट घोषित भएसँगै लेबरले ३२६ सिट जितेको छ । 

बेलायती प्रधानमन्त्री ऋषि सुनकले आम चुनावमा हार स्वीकार गरिसकेका छन् । त्यसअघि सञ्चारमाध्यमले ३२६ सिटको थ्रेसहोल्ड पुगेको घोषणा गरेका थिए । बीबीसी, आईटीभी र स्काई न्युज– तीन प्रशारकहरूद्वारा निर्मित एक्जिट पोलले केही घण्टाअघि नै लेबरले ४१० सिटमा ठूलो जित हासिल गर्ने अनुमान गरेको थियो । 

सुनकले बेलायतका राजा चार्ल्ससँग भेट गरेपछि स्टार्मरलाई बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्न मार्ग प्रशस्त गर्न चाँडै नै राजीनामाको घोषणा गर्ने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update