News 24 Television
प्रविधिमैत्री पठनपाठनतर्फ अघि बढ्दै जुम्ला

जुम्ला । कर्णाली प्रदेशको जुम्ला विकट हिमाली जिल्ला हो । विकासका दृष्टिले पछाडी परेको जुम्लाको शैक्षिक स्तर पनि माथि उठ्न सकेको छैन । प्रविधिको विकाससँगै मुलुकले फड्को मारिरहँदा जुम्ला भने प्रविधिमा पनि धेरै पछाडि छ । 

यसैलाई मध्यनगर गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नव प्रर्वद्घन साझेदारी कोषको आर्थिक सहयोगमा कनका सुन्दरी गाँउपालिका भित्रका विभिन्न ७ बटा माध्यामिक बिद्यालयमा डिजीटल अनलाइन बोर्डको माध्यामबाट पठनपाठन थालिएको छ । 

कर्णाली प्रदेशका विकासका दृष्टिले धेरै पछाडि छ । शैक्षिक स्तर पनि माथि उठ्न सकिरहेको छैन भने सबै बालबालिकाहरु विद्यालयसम्म पुगेका छैनन् । त्यसैले बालबालिकालाई विद्यालयप्रति आकर्षण बढाउन तथा पठनपाठन सुधारका लागि प्रदेश सरकारले सुधारका विभिन्न कार्यक्रमहरु अघि सार्दै आएको छ । शैक्षिक सुधारमा परिवर्तन ल्याउने उद्देश्यले नै जुम्लाको विभिन्न पालिकाका विद्यालयहरु प्रविधिमैत्री बनाउन थालिएका छन् । 

पहिलो चरणमा कनका सुन्दरी गाँउपालिका भित्र रहेका विद्यालयहरु प्रविधिमैत्री बनाउन थालिएका छन् । आर्थिक वर्ष ०७८।०८९ देखि यो पालिकाभित्र रहेका ७ बिद्यालयको माध्यामिक तहमा डिजिटल अनलाइनका माध्यामबाट पठनपाठन थालिएको हो ।

विद्यालयमा सीसीटीभी जडान गरिएका छन् भने कम्प्युटर, डिजिटल बोर्ड जस्ता आईसीटीका माध्यामबाट पढाई थालिएपछि विद्यार्थीहरु बढ्न थालेका छन् । प्रविधिको माध्यामबाट पढाई हुँदा विद्यार्थीहरु निकै उत्साहित हुने गरेका छन् । 

प्रविधिमैत्री पढाईले विद्यार्थीहरु मात्र होइन, शिक्षकहरुलाई समेत सहज बनाएको छ । जसले गर्दा सीमित कक्षाका लागि मात्रै प्रयोगमा ल्याइएका यस्ता प्रविधि सबै कक्षामा विस्तार गर्नुपर्ने राय शिक्षकहरुको छ । 

प्रविधिमैत्री पठनपाठनले विद्यार्थीको आकर्षण बढ्ने मात्र नभई नतिजा सुधार हुने पनि अपेक्षा गरिएको छ । त्यसैले शिक्षक विद्यार्थीहरुको माग अनुसार कनकासुन्दरी गाउँपालिकाभित्रले सबै तहका विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि दाताहरु जुटाउने पहल गरिरहेको छ । 

शिक्षा आर्जन गर्नका लागि नेपाली भाषा उत्पति भएको जिल्लाको रुपमा चिनिन्छ जुम्ला ।  जिल्लाको कनका सुन्दरी गाँउपालिकाका नागरिकहरु कुनैबेला भोज पत्र, ढुङ्गा, शिलाबाट शिक्षा लिएका थिए । क्रमशः खरीपाटी, कालो पार्टी, चक, डस्टर, कापी र कलम हुँदै डिजिटल प्रविधितर्फ अघि बढेको जुम्लाको विकासका लागि तिनै तहले साथ दिन आवश्यक छ ।  

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update