News 24 Television
डेंगी संक्रमणले भयावह रुप लिँदै ! कसले के गर्ने ? 

काठमाडौं । वर्षा शुरु भएसँगै डेंगी संक्रमण दर पनि उकालो लाग्ने क्रममा छ । वर्षा याम लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त समय हो । 

त्यसैले पनि डेंगीको जोखिम बढेको हो । पछिल्लो ६ महिनाको अवधिमा ७२ जिल्लाभर १ हजार भन्दा बढि संक्रमित भेटिसकिएका छन् । 

त्यसमा पनि सबैभन्दा बढि संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन् । थप जोखिमका अवस्था के कस्तो छ । डेंगीबारे के भन्छन् चिकित्सक ? 
 
डेंगी संक्रमणको उच्च जोखिम असारदेखि मंसिर महिनासम्म देखिने गर्दछ । एडिस जातको लाम्खुटेको टोकाइबाट लाग्ने डेंगी संक्रमण नेपालमा पहिलो पटक सन् २००४ मा देखापरेको थियो । 

नेपालमा डेंगी संक्रमणको विगत र वर्तमान

–    सन् २००४ मा पहिलो पटक संक्रमण पत्ता

–    २० वर्षको अवधिसम्म आइपुग्दा ७२ जिल्लामा फैलियो

–    डेंगी संक्रमणले सन् २०१९ मा महामारीको रुप लियो 

–    सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएकामा ३ जनाको मृत्यु 

–    सन् २०२२ मा ८८ जना र २०२३ मा २० जनाको मृत्यु  

हरेक वर्ष वर्षायाममा देखिने डेगी संक्रमण नियन्त्रणका लागि निति तथा योजना समेत बनाएका छन् ।

डेंगी संक्रमण नियन्त्रणका लागि लर्भा खोज र नष्ट गर्ने अभिायान देखि औषधी हाल्ने काम लगायतका काम नभका होइन । तर संक्रमण हाल देशभर नै देखिएको छ । 

पछिल्लो ६ महिनामा संक्रमण अवस्था

–    ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार डेंगी हाल डोल्पा, मुगु, हुम्ला तथा जुम्लाबाहेक ७२ जिल्लामा फैलिसक्यो

–    काठमाडौंमा एक सय ४१ जना

–    झापामा एक सय १२ 
 
–    चिवतनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४

–    ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित 

डेगी गराउँने एडिस जातको लाम्खुट्टेका चार प्रजाती हुने गर्दछन् । नेपालमा हाल यी चारै प्रजातीका लाम्खुट्टे देखिएको छ । 

यदि एक पटक भन्दा बढि डेंगी संक्रमण भयो र संक्रमण यी भिन्न भिन्न प्रकारका लाम्खुट्टेले टोकेर भएको छ भने यसले स्वास्थ्यमा ल्याउने जटिलता पहिलाको भन्दा जोखिमयुतm हुने गर्दछ ।

त्यसैले एडिस जातको लामखुट्टेको वृद्धि विकास रोकथाम र नियन्त्रणका लागि सरकारी पक्षले गर्ने कामसँगसँगै आमनागरिकको सचेतता पनि महत्वपूर्ण रहन्छ । 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update