News 24 Television
यस्तो छ पशुपति कोटिहोम महायज्ञको कार्यक्रम तालिका

काठमाडौं । आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी रहेको छ ।

महायज्ञ प्रारम्भ हुने मिति नजिकिदै गर्दा आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडी बढाएको देखिएको छ । 

आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन । अथवा आयोजक संस्थाको यस पूण्य र ऐतिहासिक कार्यको होष्टेमा हैसे गरिरहेका छन । 

अहिले उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितीले जानकारी दिएको छ । 

कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाशडाँडा लगायत पशुपति क्षेत्र सरसफाईको कार्य देखि लिएर पण्डाल निर्माण र हवन कुण्ड निर्माण लगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाई रहेको छ । 

यस्तो छ कार्यक्रम तालिका

१. बाईक र्याली: मिति २०८१ असार २२ गते, विहान ११:०० बजे ।

२. ट्याक्सी र्याली: मिति २०८१ असार २४ गते, विहान ११:०० बजे ।

३. रिक्सा र्याली: मिति २०८१ असार २६ गते, विहान ११:०० बजे ।

४. चक्रपथ पैदल यात्रा: मिति २०८१ असार २७, २८ र २९ गते ।

५. साईकल र्याली: मिति २०८१ असार ३० गते, विहान ११:०० बजे ।

६. विशाल शोभा कलश यात्रा: मिति २०८१ असार ३१ गते, विहान ७:०० बजे ।

७. महायज्ञ समुद्घाटन: मिति २०८१ श्रावण १ गते, विहान ११:०० बजे ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update