News 24 Television
पशुपति कोटिहोम महायज्ञमा निःशुल्क स्वयंसेवा गर्ने स्वयमसेवक बढदै

काठमाडौं । आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब–करिब २ हप्ता मात्र बाँकी रहेको छ ।

महायज्ञ प्रारम्भ हुने मिति नजिकिदै गर्दा आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडी बढाएको देखिएको छ । 

आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन । अथवा आयोजक संस्थाको यस पूण्य र ऐतिहासिक कार्यको होष्टेमा हैसे गरिरहेका छन । 

अहिले उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितीले जानकारी दिएको छ । 

pasupati-1720055041.JPG
कार्यक्रम स्थल वनकाली हंसमण्डप,कैलाशडाँडा लगायत पशुपति क्षेत्र सरसफाईको कार्य देखि लिएर पण्डाल निर्माण र हवन कुण्ड निर्माण लगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाई रहेको छ । 

उपत्यकाबाट अहिले दैनिक समूहका पधादिकारीहरु तथा व्यक्तिगत रुपमासयौको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन ।त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहानेको संस्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ ।

यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ ।

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update