News 24 Television
अर्थतन्त्र सुधार्न वित्तीय अनुशासनको बहस

काठमाडौं । नेपाल राष्ट्र बैकका पूर्व गभर्नर डा. तिलक रावलले राष्ट्र र्बैकका गभर्नर वित्तीय क्षेत्रको अनुशासन र सुधार गर्न जस्तो सुकै कठोर निर्णय गर्न सक्नु पर्ने बताएका छन् । 

शनिवार नेपाल राष्ट्र वैकका पूर्व कार्यकारी निर्देशक राजनसिंह भण्डारीद्धारा लिखित पुस्तकको विमोचन गदै पूर्व गभर्नर डा रावलले गभर्नरले कडाईका साथ काम गर्न नसक्दा वित्तीय क्षेत्रमा संकट आउन सक्ने बताए । 

वित्तीय क्षेत्र सुधारका लागि नेपाल बैक लिमिटेड र राष्ट्रिय वाणिज्य र्बैकको बित्तीय क्षेत्र सुधारमा राष्ट्र बैकले गरेको निर्णयको अवस्था सुनाउँर्दै पूर्व गभर्नर तिलक रावलले गभर्नरले लोकप्रिय निर्णय भन्दा कठोर निर्णय गरेर वित्तीय सन्तुलन कायम राख्न सक्नु पर्नेमा जोड दिए । 

नेपाल राष्ट्र वैकका पूर्वकार्यकारी निर्देशक तथा सिटिजन्स बैकका पूर्वअध्यक्ष राजनसिह भण्डारीद्धारा लिखित पुस्तकमा बैकर्सहरुले बित्तिय क्षेत्रको सुधारको लागि राष्ट्र बैकले समय सापेक्ष निर्णय गर्न सक्नु पर्ने बताए । 

भण्डारीले आफूले वित्तीय क्षेत्रको अनुभवलाई पुस्तकमा समेटेको उल्लेख गदै केन्द्रीय बैकदेखि बिभिन्न पक्षहरुलाई उजागर गरेको बताए । 

पूर्वमन्त्री शरदसिंह भण्डारीले जिविन्न बिभिन्न पक्षहरुलाई वास्तविक रुपमा प्रस्तुत गर्न सक्नु लेखकको इमान्दारिता हुने भएकोले राजनीति तथा समाजका वास्तविक पक्षलाई प्रस्तुत गर्न सक्नु पर्ने बताए । 
 
राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद डा.चन्दा कार्कीले सो पुस्तकको समिक्षा गदै संघर्ष र सफलता समाजका दुई वटा पक्षहरु भएको बताउँदै सपना देख्नेहरुले समाज बदल्न सक्ने बताईन । 

समाजको रुपान्तरणमा हरेक पक्षको योगदान र सघर्षलाई आत्मसाथ गर्नु पर्ने विषयमा नागरिक समाजका बिभिन्न क्षेत्रका ब्यक्तिहरुले जोड दिएका छन् ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update