काठमाडौं । शैक्षिक वेरोजगारीको दर बढ्दोक्रममा रहेकै कारण स्वदेशमै शिक्षा आर्जन गर्नुपर्छ भन्ने मानसिकता हराउदै गएको छ ।
हातमा डिग्री राखेका वेरोजगारहरु सामान्य श्रम गर्न खाडीदेखि विभिन्न मुलुक जानुपर्ने स्थितिका बाबजुत पछिल्लो समय प्राविधिक विषयमा भने रुची बढेको देखिन्छ । शैक्षिक ज्ञानसँगै सीप पनि सिक्न सकिने भएकाले एसईईपछि विद्यार्थीहरुले स्वास्थ्यतर्फका प्राविधिक विषय रोज्नेक्रम बढिरहेको छ ।
विद्यालयपछिको विषय पठनपाठनले विद्यार्थीलेको भविष्य निर्धारण गर्ने गर्दछ । त्यसैले पछिल्लो समय एसईईपछि प्राविधिक विषयतर्फ विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।
अन्य विषयको तुलनमा प्राविधिक क्षेत्रका विषयहरु पढेर रोगजारीको अवसर पाइने सोचका कारण पनि प्राविधिक तर्फको विषय छनोट गर्नेहरु बढेका छन् ।
प्रविधिकतर्फ मध्ये पनि स्वास्थ्यतर्फका धेरै विषयहरु पछिल्लो समय लोकप्रिय बनिरहेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटिइभिटीका अनुसार अहिले स्वास्थ्य तर्फका विििभन्न विषयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।
सीटीईभीटीले संचालन गदै आएको स्वास्थ्य तर्फको कार्यक्रममा सबै भन्दा बढि नर्सिंङ विषयमा विद्यार्थीहरुको आर्कषण बढेको देखिन्छ ।
गत वर्ष नसिङ तर्फ पढ्नका लागि १२ हजार विद्याथीले आवदेश दिएका थिए । भने नर्सिङ बाहेक फार्मेसी, जनरल मेडिसिन, हेल्थ साइन्स (एच ए), ल्याब, रेडियोग्राफी, फिजियोथेरापी, मिडवाइफ जस्ता विषयहरु प्रति पनि विद्यार्थी आर्कषण छ ।
कृषि, वन, होटलम्यानेटमेन्ट स्वास्थ्य लगायतका विभिन्न विधातर्फ प्राविधिक शिक्षा दिँदै आएको सिटिइभिटीले स्वास्थ्यतर्फ १२ वटा कार्यक्रम संचालन गदै आएको छ ।
जसमा रेडियोग्राफी, आम्ची साइन्स, आयुर्वेद र सामान्य चिकित्सा, एक्यूपंक्चर, फिजियोथेरापी, होमियोप्याथी, डेन्टल ल्याब, आयुर्वेद फार्मेसी, मिडवाइफरी लगात रहेका छन् ।
सिटिइभिटीले संचालन गरेको स्वास्थ्य तर्फको तीन वर्षे प्रमाणपत्र तह नर्सिङ, हेल्थ साइन्स (एचए), फार्मेसी लगायतका स्वास्थ्यका विषय पढ्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसइई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जिपिए) न्यूनतम २ प्राप्त गरेको वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी÷प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८ दशमलव ३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्ने प्रावधान रहेको छ ।
विहिवार एसईईको नतिजा सार्वजनिक भएसँगै नयाँ भर्ना प्रकृयाका लागि आइतबारबाट आवेदन खुलाउने तयारी परिषद्ले गरेको छ ।
पछिलो समय जुनसुकै विषय पढेर पनि रोजगारी नपाउँने समस्याका विकराल बन्दै गएको सन्र्दभनमा प्राविधिक तर्फको स्वास्थ्य लगायतका कार्यक्रमले विद्यार्थीलाई हात खाली नहुने सीप प्रदान गरिरहेको सिटिइभिटीको तर्क छ ।
शैक्षिक वेरोजगारी र सामान्य श्रम गर्न विदेशीनुपर्ने भएकाले पनि हुनसक्छ पछिल्लो समय मुलुकमा १२ कक्षापछि विद्यार्थीको रोजाई विदेश नै बन्ने गरेको छ ।
विदेशमा विद्यार्थी पलायन हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्नुका साथै युवा पनि पलायन हुने भएकाले देशको अवस्था जर्जर बन्ने त होइन भन्ने चिन्ता व्याप्त छ ।
यस्तोमा प्राविधिकतर्फ स्वास्थ्य क्षेत्रको पाठ्यक्रम र सीपपछि स्वरोजगार हुनसक्ने अपेक्षासहित विद्यार्थीको रोजाईमा स्वास्थ्य शिक्षा परिरहेको देखिन्छ ।