News 24 Television
कमेडी च्याम्पियन सिजन ३ को फिनाले भोलि, उपाधि होडमा सुयाशा पनि 

काठमाडौं । नवलपरासीकी सुयशा खनाल चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन ३ को उत्कृष्ट तीनमा पुगेकी छन् ।  एकपछि अर्को उत्कृष्ट प्रस्तुती दिँदै आएकी १२ वर्षिया सुयशासँगै काठमाडौंका सुनिल खड्का र सुनसरीका ऋषभ काफ्ले पनि उत्कृष्ट ३ मा पुगेका छन् । 

सुयाशा कमेडी च्याम्पियन तेस्रो सीजनसम्म आइपुग्दा उत्कृष्ट तीनमा पुग्ने सबैभन्दा कान्छि प्रतियोगी बनेकी छन् । कमेडी च्याम्पियनको फिनाले यही शनिबार  मूलपानीस्थित स्टुडियोमा अपरान्ह ४ बजेदेखि सुरु हुने जनाइएको छ ।

फिनालेमा उत्कृष्ट ३ फाइनलिस्ट मध्येबाट एकजना विजेता घोषणा गरिने आयोजकले जनाएको छ । आफूलाई मनपर्ने प्रतियोगिलाई जिताउन शनिबार बेलुका ७ः३० बजेसम्मका लागि भोट खुला गरिएको छ। 

जसमा सुयाशालाई खल्ती एप मार्फत ३३० मा भोट गर्न सक्नुहुनेछ । फाइनलिस्टहरू यतिबेला भोटिङ क्याम्पियनमा व्यस्त छन्। जसमा सुयाशाले पनि भोटको अपिल गरिरहेकी छन् । 

यो पटकको विजेतालाई विगतको सिजनमा भन्दा महंगो मूल्यको कार प्रदान गर्न लागिएको बताइएको छ । यसअघि २५ लाख रुपैयाँ नगद र सोही मूल्य बराबरको कार पुरस्कार थियो दिने गरिएको थियो । तर यसपटक भने सोही नगद पुरस्कारका साथ ३९ लाख मूल्यको कार दिन लागिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update