News 24 Television
यहूदी युवालाई सेनामा भर्ती गर्न इजरायली अदालतको आदेश 

काठमाडौँ । इजरायलको सर्वोच्च अदालतले सरकारले सैन्य सेवाको लागि अल्ट्रा–अर्थोडक्स पुरुषहरू ड्राफ्ट गर्नुपर्ने आदेश दिएको छ । यो निर्णयले गाजामा युद्धको बीचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन सरकारलाई अस्थिर बनाउने आँकलन गरिएको छ । 

सर्वसम्मत निर्णयमा न्यायाधीशहरूले निष्कर्ष निकालेका छन् की यहूदी अल्ट्रा–अर्थोडक्स सेमिनरीका विद्यार्थीहरूलाई दिइएको लामो समयदेखि सैन्य छुटको लागि कुनै कानूनी आधार नरहेको र देशको अनिवार्य सेवा कानूनहरू अल्ट्रा–अर्थोडक्स पुरुषहरूको लागि पनि लागू गरिनुपर्ने बताइएको छ । 

गाजामा इजरायलको करिव नौ महिना लामो युद्धको सन्दर्भमा अदालतले कठिन युद्धमा असमानताको बोझ पहिलेभन्दा बढी रहेको बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update