काठमाडौँ । पछिल्लो समय अस्पतालहरुमा चिकित्सकमाथिको कुट्पिटको घटना बढेको भन्दै स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरिनुपर्ने माग सांसदहरुले उठाउन थालेका छन् । कुनै पनि कारणबस् बिरामीको मृत्यु उपचारको क्रममा भएका चिकित्सक नै दोषी बनाएर चिकित्सक माथि हुने हातपातका घटना बढ्दो देखिएकाले यस्ता अमानवीय कार्य हटाउन स्वास्थ्य संस्थालाई शन्ति क्षेत्र घोषणा गर्नुपर्ने माग उठ्न थालेको हो ।
कुनै पनि जटिल रोगको उपचार सफल वा शल्यक्रिया सफल भएको अवस्थामा उपचार गर्ने चिकित्सकलाई भगवानको दर्जा दिएर पुज्ने गरिन्छ । तर उचारका क्रममा यदि बिरामीको मृत्यु भएको अवस्थामा भने त्यहि भगवान रुपी चिकित्सकलाई यमराजको दर्जा दिइने मात्र होइन, कुटपिटसमेत हुने गरेका छन् ।
सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा हुने घटनालाई नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश, २०७८ जारी पनि गरेको छ । तर, सुरक्षा कानुन बने पनि कार्यान्वयन नहुँदा स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भइ नै रहेका छन् । यदि चिकित्सक वा अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको हो भने कानुनी बाटो अपनाउनु पर्ने हो । तर पछिल्लो समय कानुन हातमा लिएर चिकित्सक माथि नै जाइ लाग्ने प्रवृत्तिले चिकित्सकको मनोबल घटाएको कतिपयले तर्क समेत गर्ने गरेका छन् । यही विषयलाई संवोधन गदै पूर्व राज्यमन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग राखेकी छिन् ।
गत असोज ८ गते पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक माथि कुट्पिट भएको थियो । त्यसको एक साता नबित्दै १४ गते काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालको ओपीडीमा कार्यरत एक इन्टर्न चिकित्सक माथि हमला भयो ।
त्यसअघि २०८० सालकै भदौं २७ गते हेटौंडाको सन्चो अस्तालमा कार्यरत चिकित्सक माथि कुट्पिट भएको थियो । एकपछि अर्को स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि देशैभरका स्वास्थ्यकर्मीहरु स्वास्थ्य सेवा नै प्रभावित गर्ने गरी आन्दोलनमा उत्रिएका थिए । दोषीलाई कारबाही गर्ने तथा स्वाथ्यकर्मीको सुरक्षा दिने सहमति पनि सरकारले ग¥यो । तर यस्ता घटना रोकिएका छैनन् । अस्पतालमा बढ्दै गएका यस्ता घटनालाई निरुसाहित गर्न कानुन अनुसारको दण्ड आवश्यक पर्ने सांसद कार्कीको सुझाव छ ।
चिकित्सकबाट लापरबाही भएको अवस्थामा बिरामी पक्षले चिकित्सक विरुद्ध मेडिकल काउन्सिल, जिल्ला प्रशासन कार्यालय, अदालत लगायत स्थानमा उजुरी हाल्न पाउने कानूनी ब्यवस्था छ । बिरामीको उचारको क्रममा मानवीय त्रुटी तथा चिकित्सकको लापरवाही पनि नभएका होइनन् । तर सत्य तथ्य नै नबुझी बिरामीको मृत्युपछि कानुनी प्रकृयामा नगई चिकित्सकमाथि कुट्पिट तथा अस्पताल तोड्फोडमा उत्रिनु उचित होइन । मानव स्वास्थ्यमा खेलवाड गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्छ तर सबै चिकित्सकको मनोबल गिर्ने काम कोही कसैले गर्नु हुँदैन ।