News 24 Television
एसईई नतिजा म्याग्दीमा लिटल गार्डेन एकेडेमीकी बिदिशा सुबेदी सवोत्कृष्ट

म्याग्दी । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीमा अध्ययनरत बिदिशा सुबेदीले ३.८६ जीपीए ल्याएकी छन् । 

बिहिबार राष्ट्रिय परिक्षा बोर्डद्वारा सार्वजनिक गरेको नतिजामा रघुगंगा गाउँपालिका–३,मौवाफाँटकी सुबेदीले संस्थागत र सामुदायिकतर्फ म्याग्दीकै सवोत्कृष्ट भएकी हुन् ।

विद्यालयबाट एसईईमा सहभागी अर्का विद्यार्थी सुशान्त सुबेदीले ३.८१ जिपिए ल्याएका छन् । विद्यालयका २८ जना विद्यार्थीले ३ जिपिएभन्दा माथि ल्याएका छन् ।

विगतमा जस्तै यसपटक पनि सबै विद्यार्थीको नतिजा उत्कृष्ट रहेको प्रिन्सिपल दिपक सुबेदीले बताए ।‘आगामी बर्ष पनि हामीले यही नतिजालाई निरन्तरता दिने गरी तयारीमा छौ,‘यो नतिजामा अभिभावकको विश्वास पनि जोडिएको छ’ प्रिन्सिपल सुबेदीले भने ।

उनले विगतमा नतिजाहरुमा समेत जिल्लाको शैक्षिक मापनमा अगाडी रहेको बताए। बि.स २०६० सालमा पहिलोपटक म्याग्दीमा मन्टेश्वरी शिक्षाको अवधारणा सहित स्थापना भएको विद्यालयले परीक्षाभन्दा पनि विद्यार्थीलाई ब्यवहारिक र अतिरिक्त क्रियाकलापबाट समेत शिक्षण सिकाईलाई जोड दिने गरेको विद्यालयले जनाएको छ । 

बि।स २०६० सालमा मन्टेश्वरी शिक्षाको अवधारणा सहित स्थापना भएको विद्यालयले परीक्षाभन्दा पनि विद्यार्थीलाई ब्यवहारिक र अतिरिक्त क्रियाकलापबाट समेत शिक्षण सिकाईलाई जोड दिने गरेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update