News 24 Television
एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने नजिता ?


काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८० सालमा संचालन भएको एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गरेको हो । 

सर्वजनिक नतिजा अनुसार जम्मा ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । सार्वजनिक एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा  वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिनेछ । एसएमएस गरेर नतिजासम्बन्धी विवरण हेर्न सक्नेछन् ।

त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, नेपाल टेलिकम, खल्ती, इसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा विवरण हेर्न सक्नेछन् ।

यसरी हेर्नुहोस् नतिजा

बोर्डका अनुसार नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६००) मार्फत हेर्न सकिनेछ । त्यस्तैगरी स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरु ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर हेर्न सकिनेछ ।   अनलाइनमार्फत राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np वेबसाइटमा गएर पनि  नतिजा हेर्न सकिनेछ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update