
काठमाडाैँ । एस आई युके नेपालले मल्टी-डेस्टिनेशन शिक्षा मेला आयोजन गर्ने भएको छ। जुन २६ तारिकका दिन एस आई युके नेपालले पत्रकार सम्मेलन गर्दै मल्टी डेस्टीनेसन एजुकेसन फेयरको तयारी पूरा भएको जानकारी गराएको हो।
जुन २९ गते आयोजना गर्न लागिएको उक्त फेयरमा युकेका उत्कृष्ट विश्वविद्यालयहरुको उपस्थितीमा त्यहाँ उपलब्ध कोर्स, सुविधाहरू, आवेदन प्रक्रिया तथा अध्ययन पश्चातका विभिन्न अवसरहरूको बारेमा शैक्षिक परामर्श प्रदान गरिने हुँदा यो कार्यक्रम निकै नै फलदायी हुने एस आई युके ग्लोबलका एमडी विनय अधिकारीले जानकारी गराउनुभयो।
उक्त फेयरमा सहभागी हुने केही प्रमुख विश्वविद्यालयहरू निम्नलिखित छन्: तेसाइड विश्वविद्यालय, कार्डिफ मेट्रोपोलिटन विश्वविद्यालय, इस्ट एंग्लिया विश्वविद्यालय, सीईजी क्याम्ब्रिज एजुकेशन ग्रुप यूके, रेगेन्ट कलेज लन्डन, अल्स्टर विश्वविद्यालय, कोभेन्ट्री विश्वविद्यालय, स्टडी ग्रुप, स्वानसी विश्वविद्यालय, ट्रिनिटी कलेज डब्लिन, क्विन्स विश्वविद्यालय बेलफास्ट, आंग्लिया रसकिन विश्वविद्यालय, नर्थह्याम्पटन विश्वविद्यालय, स्ट्राथक्लाइड विश्वविद्यालय, म्यानचेस्टर मेट्रोपोलिटन विश्वविद्यालय, हर्टफोर्डशायर विश्वविद्यालय, इस्ट लन्डन विश्वविद्यालय, किल विश्वविद्यालय, मिडलसेक्स विश्वविद्यालय, वेस्ट लन्डन विश्वविद्यालय, अक्सफोर्ड ब्रुक्स विश्वविद्यालय, साल्फर्ड विश्वविद्यालय र रेगेन्ट कलेज दुबई रहेका छन्।
यो कार्यक्रममा सहभागी हुन करिब ११ हजारभन्दा बढी विद्यार्थीहरूले अनलाइन रजिष्ट्रेसन गरिसकेको एस आई युके ग्लोबलका आइटी प्रबन्धक सोहेल आलमले जानकारी गराउनुभयो।सोहैलले उल्लेख गर्छन् कि एसआइ-यूके नेपालका शाखाहरूले पनि बुटवल, चितवन, र पोखरा बाटको विशेष प्रदर्शनी र अन्तरक्रियात्मक भिडियो कन्फरेन्सिङ आयोजना गर्दै छन्।
मल्टी डेस्टीनेसन एजुकेसन फेयरले नेपाली विद्यार्थी तथा अभिभावकमा युके शैक्षिक गन्तव्य सम्बन्धी सम्पूर्ण जिज्ञासाको समाधान गर्ने विश्वास संस्थाले लिएको भन्दै एक पटक फेयरमा उपस्थिती जनाउन एस आई युके नेपालका कन्ट्री म्यानेजर नन्दन सिंहले आग्रह गर्नुभयो। साथै शैक्षिक मेलामा भाग लिएर बिध्यार्थीहरूले प्रत्यक्ष रूपमै युनिभर्सिटीका प्रतिनिधिहरूलाई भेटेर आफ्नो स्कलर्सिप सुरक्षित गर्न सक्ने कुरा सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो।