News 24 Television
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान

काठमाडौँ । चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो । 

उक्त यान मंगलवार इनर मंगोलियाको मरुभूमिमा अवतरण भएको छ । चन्द्रमाबाट ल्याइएको उ्रक्त नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुनसक्ने वैज्ञानिकहरूले जनाएका छन् । 

चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ । चिनियाँ यानले ल्याएको नमूनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update