News 24 Television
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार पनि दिए ।

प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको बताए । उनले युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको समेत बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update