News 24 Television
अर्थतन्त्र चलायमान बनाउने मौद्रीक नीतिमा जोड

काठमाडौं । मुलुकको बैक तथा बित्तीय संस्थाहरुमा लगानीयोेग्य रकम थुपिदाँ पनि बैकबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । 

बैकहरुमा पर्याप्त तरलता भएर पनि निजी क्षेत्रबाट कर्जाको माग नहुँदा बैकहरु दवावमा परेका छन्् । आगामी मौद्रीक नीति लचिलो भएमा कर्जा बिस्तार हुने अपेक्षा निजी क्षेत्रको छ । 

मंगलवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको पूर्व मौद्रिक नीति छलफलमा   बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले आगामी मौद्रिक नीतिमा वित्तीय क्षेत्रको आत्मविश्वास घट्न नदिने गरी नीति तर्जुमा गर्न जोड दिएका छन् । 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले निर्माण क्षेत्र अहिले सबैभन्दा समस्यामा रहेको र यसलाई समर्थन हुने गरी मौद्रिक नीति आउनुपर्ने बताए । ‘बैंकहरूको खराव कर्जा बढेको भन्दै केसीले सहकारीको समस्याले पनि र्बैकिङ क्षेत्रलाई प्रभाव पारेको जिकिर गरे । 

बैकर्स संघका अध्यक्ष केसीले बैंकिङ क्षेत्रलाई दवाव दिदाँ भोली मुलुकको अर्थतन्त्रमा समस्या आउन सक्ने गुनासो गरे । 

बैंक तथा वित्तीय संस्था परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायले हिजोका दिनमा तोकिएको ठाउँभन्दा अन्यत्रै लगानी भएपनि त्यसलाई अब सच्याउनुपर्ने बताए । 

त्यसका लागि पनि वित्तीय क्षेत्रमा सुधारका लागि आत्मविश्वास बढाउने खालको मौद्रीक नीतिको आवश्यकता रहेको उनको भनाइ छ । 

बैक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुले र्बैकिङ क्षेत्रलाई बिभिन्न दवाव र प्रभावमा पार्न खोज्ने कारण पनि समस्या आइरहेको विज्ञहरुको आरोप छ । पछिल्लो पटक सहकारी र  लघुवित्त क्षेत्रको समस्याले अर्थतन्त्रमा प्रभाव परेको हुदाँ सहकारीसंग जोडिएको विषयप्रति अर्थमन्त्रालय र राष्ट्र बैकलाई हुन विज्ञले सुझाव दिए । 

र्बैक तथा बित्तीय संस्थाहरुले गरेको लगानी र त्यसको सुपरिवेक्षणको कारण अर्थतन्त्रमा समस्या नआएको दावी गर्दै राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले बैकहरुले दिएको कर्जाको नियमन र अनुगमन प्रभावकारी रुपमा गर्नु पर्नेमा जोड दिए । 

बैकमा कर्जा लिदाँ कमिशन खुवाउनु पर्ने भन्ने बिषय गलत भएको र यदि त्यस्तो गरिएको भेटिए तत्काल कारवाही हुने उनले दाबी गरे । 

अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले बजेटले लिएको लक्ष्य र कार्यक्रम अनुरुप राष्ट्र बैकको नयाँ मौद्धिक नीति आउने बताए । सहकारीको समस्यालाई समेत सुधार गरेर अघि बढ्ने उनको जिकिर छ । 

अर्थविद्हरुले मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारको निती र राष्ट्र बैकको मौद्धिक नीति बीच तालमेल र सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन्। 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update