काठमाडौँ । तारकेश्र्वर नगरपालिका- ४ लोलाङ्गमा संचालित बज्रयोगिनी योग साधना केन्द्रले दोस्रो वार्षिकोत्सव तथा दसौं अन्तर्राष्ट्रिय योग दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।
तीन दिवसिय कार्यक्रमको आयोजना गरिएकोमा पहिलो दिन आसार ६ गते बिहान योग जागरण र रक्तदान गर्न उत्प्रेरणा जगाउदै प्रेभातफेरि सातवटा योग साधना केन्द्रहरूको सहभागितामा ता न पा पतन्ज्ली योग समितिका अध्यक्ष चन्द्र सापकोटाले शुभारम्भ गरेका थिए । प्रभातफेरीमा स्थानीयवासी, स्थानीय प्रहरी , संचारकर्मीहरु लगाएत ४०० जनाजत्तिको सहभागिता रहेको थियो । असार ७ गते वार्षिकोत्सबका दिन तानपा ४ को वडा सदस्य बिन्दु थापा सापकोटाको प्रमुख आतिथ्यमा योग अभ्यास, योग आसन खेलकुद प्रदर्शन , रचना वाचन , योग र दर्शनको प्रवचनका साथै साथमा विभिन्न विशिष्ट व्यक्तिहरुले मन्तव्य राखेका थिए । असार ८ गते वृहत् रक्तदान कार्यक्रम भएको थियो ।
तारकेश्र्वर न पा वडा न, ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झन्डै १००जना रक्तदाता बाट रगत संकलन भएको थियो । तीन दिवसीय कार्यक्रमका प्रचार प्रसार सयोजक शशि (कमल ) पन्तबाट रक्तदान कार्यको शुभारम्भ भएको थियो । महिला रक्तदाताहरु मध्येबाट सुमि रावलले रक्तदान सुरु भएको थियो । नेपाल रेडक्रस सोसाइटी सोल्टिमोड संग सहकार्य गर्ने साधना केन्द्र केदार अधिकारीले हाम्रो लक्ष्य अनुरुप रगत संकलन भएकोमा खुशी व्यक्त गर्दै रक्तदान गर्ने सबैमा धन्यवाद ज्ञापन गरे।
यस्तै कार्यक्रम व्यवस्थापन कि पुष्पा लम्सालले तीन दिवसीय कार्यक्रमको भव्यताले उत्साह जगाएको बताउदै स्थानीय बासिमा योग जागरण र रक्तदान प्रतिको रुचि बढाउन सकेकोमा अभियन सफल भएको बताउदै सहृदय अहोभव व्यक्त गरिन।
बज्रयोगिनी योग साधना केन्द्रका सचिब तथा तीन दिवसीय कार्यक्रमका कार्यक्रम संचालक राजेन्द्र घिमिरे सागरले हामी संग कुरा गर्दै हाम्रो तीन दिवसीय कार्यक्रमको अन्लाईन र छापामा समेत! समाचार प्रकाशित गरि हाम्रा गतिविधि लाई संसार भर पुराइदिने सबै सन्चारकर्मीहरु, कार्यक्रममा सहभागी साधना केन्द्रहरु - अर्किड , स्वतभैरब , मिलन बस्ती, गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र ता न पा खेलकुद संघका उपस्थित सबैलाई धन्यवाद दिदै निरन्तर यस्तै साथ र सहयोग अपेक्षा गरे ।
अध्यक्ष सुमन थापाले हाम्रो कार्यक्रममा सहभागि पतन्जली योग तरकेश्र्वर नगर समिती, लगायत हाम्रा छिमेकी सबै साधाना केन्द्रबाट सहभागी साधक साधिकाहरु लगायत अन्य सबैमा धन्यवाद दिदै घर घर मा योग जन जनमा योग पुराउने अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै समाजका लागि हामिले गरेका कामले हाम्रो बज्रयोगिनी योग साधना केन्द्र र हाम्रा सबै साथीहरूको परिचय गराउने कुरा बताउदै कार्यक्रम सफल बानाउन अहोरात्र खटिएका ज्रयोगिनि साधना केन्द्रका सबै साथिहरु , कार्यक्रम सभ्य र भव्य बनाउन कार्यक्रममा उपस्तिथि भइ महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै सधै यस्तै साथ र सहयोगको अपेक्षा गरेका छन ।