News 24 Television
‘अघि–अघि निर्माण, पछि–पछि खत्तम’  

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका २ मा नाला निर्माण कार्य गुणस्तर नभएको भन्दै स्थानीयले विरोध जनाएका छन् । कृष्ण चोकदेखि उत्तरतर्फ जाने बाटोको दुवैतर्फ निर्माणाधीन अवस्थामा रहेको नाला गुणस्तरहीन भएको स्थानीयको गुनासो छ  । 

आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्नकै लागि मात्रै काम गर्ने तर गुणस्तरको कुनै ख्याल नगर्ने गरिएका कारण नाला निर्माणकै चरणमा स्याल्वहरु फुट्न तथा नाला भत्कीन थालेका छन् । 

यो समय चालु आर्थिक वर्षको अन्तिम महिना हो । त्यसमा पनि अब अन्तिम मसान्तकै संघार छ समय । 

त्यसैले पनि अहिले मुलुकभर धमाधम बाटो,पुलपुलेसा आदिका कामहरु भइरहेको देखिन्छ । त्यसैमध्येको एक उदाहरण हो, सर्लाहीको मलंगवा नगरपालिका २ मा धमाधम भइरहेको नाला निर्माण कार्य । 

पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीको करिब ४० लाखको लागतमा  यहाँ नाला निर्माणको काम भइरहेको छ । 

आर्थिक वर्षको अन्त्यमा हतार हतारमा समिति बनाएर मलंगवा नगरपालिका २ स्थित कृष्ण चोकदेखि उत्तरतर्फ जाने बाटोको दुवैतर्फको करिब २ सय ५० मिटर नाला निर्माण प्राविधिकले कामदारकै भरमा छोड्दा निर्माण गुणस्तरहीन भएको छ । 

आर्थिक वर्षको मसान्ततिर बजेट खर्च गर्नकै लागि मात्रै अन्धाधुन्द काम गर्दा गरिँदा नाला निर्माणकै चरणमा स्याल्वहरु फुट्न तथा नाला भत्कीन थालेका छन् । निर्माणकै क्रममा नाला भत्किन थालेपछि स्थानीयले यस प्रकारको कार्यको विरोध जनाएका छन् ।  

रोडभन्दा माथि नाला निर्माण गरिएको, नाला बाङ्गो टिङ्गो बनाईएको,नाला माथि राखिने स्याल्वमा रडको प्रयोग नगरिएको स्याल्व र नाला अहिलेनै भत्किएको नाला ढलान गर्दा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरिएको स्थानीय बताउछन् ।  

यता, जनप्रतिनिधि भने राजनीतिक आग्रह पुर्वाग्रह नगरेको र नाला निर्माण क्षेत्रमा जग्गाको संरचना नै बाङ्गो टिङ्गो भएकोले सोही अनुसार नाला निर्माण गरिएको दाबी गरिरहेका छन् । 

प्राविधिक कुराहरु आफुहरुलाई थाहा नहुने तर प्राविधिकहरुसहित लिएर स्थलगत अनुगमन गरि  समस्या भएमा सुधार गर्ने प्रतिबद्धता छ जनप्रतिनिधिको ।

प्राविधिकको सुझाव अनुसार नै काम हुने र काम सुरु गर्नु भन्दा पहिलै निर्माण समिति अध्यक्षलाई र वडा कार्यालयलाई प्राविधिक स्टिमेट समेत दिएको पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीको दाबी छ । साथै काम सम्पन्न नहुँदासम्म कुनैपनि बाहनामा भुक्तानी नदिने बताइरहेको छ कार्यालयले ।

आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्न र काम देखाउनकै लागि मात्रै काम गर्ने तर गुणस्तरको कुनै ख्याल नगर्ने गरिएका कारण नाला निर्माणकै चरणमा स्याल्वहरु फुट्न तथा नाला भत्कीन थालेको  छ । 

गुणस्तरमा यो हदसम्मको मनपरिको स्थानीयले विरोध गरेपनि स्थानीय सरकार सच्चिने बाटोमा देखिदैन । यसले कुसुशासन कुरुप प्रष्ट पारेको छ । 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update