News 24 Television
लोकगीतको जर्गेना गर्दै संगीत श्रष्टाहरु  

काठमाडौं । लोक संस्कृति तथा लोकगाथाहरु बोल्ने लोकगीत हराउँदै गएको भन्दै संगीत स्रस्टाहरु यसको जर्गेनातर्फ लागेका छन् । 

म्यूजिक रिसर्च एण्ड डेभलपमेन्ट फोरम र लभ एण्ड सपोर्ट फाउण्डेशन नेपाल पुराना लोकगीतहरुको संरक्षणमा जुटेका हुन् । 

नेपाली लोक संस्कृतिलाई त्यस्ता गीहरुको अनुसन्धानमा समेत लागेका यी संस्थाहरुले विश्व संगित दिवसका अवसरमा शनिवार राजधानीका विभिन्न ठाउँमा लोकगीत संगितहरु प्रस्तुत गरी दिवस मनाएका छन् । 

शनिवार साँझ ललितपुरको जावलाखेलमा आयोजित संगीत साँझ कार्यक्रममा राजेश श्रेष्ठ, गीता पाण्डे, शुभम् भेटवाल लगायतका गायक गायिकाहरुले आकाशैमा चिल उड्यो फनन् जस्ता पुराना विभिन्न ११ वटा पुराना लोकगीतहरु प्रस्तुत गरेका थिए ।

अहिलेका युवा पुस्ताले यस्ता लोकगीतहरु प्रस्तुत गर्दा आफूलाई ४० साल भन्दा अगाडिको सम्झना गराएको भन्दै बरिष्ठ लोक गायिका चन्द्रकला शाह लोकगीतहरुको जगेर्ना गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

कार्यक्रममा गायिका कविता आले, संगीता राना, निमा लामा, केसी राजा, शरद राई तथा संगितकार भुपेन्द्र रायमाझी, अम्बर गुरुङपुत्र किशोर गुरुङ, नेपाल सरकारका सचिव एवम् गीतकार सुरेश आचार्य लगायतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update