काठमाडौं । आज जुन २१ अर्थात विश्व योग दिवस । हरेक वर्ष २१ जुनका दिन योग दिवस मनाईने गरिन्छ । योग प्राचीन कालदेखि नै हाम्रो संस्कृतिको एक हिस्सा रुपमा रहिआएको परम्परागत चिकित्सा पद्धतिका साथै योग जीवनशैली पनि हो ।
वैज्ञानिक र व्यवहारिक आत्म अनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका योग महत्वपूर्ण मानिन्छ । जीवनलाई व्यवस्थित र स्वास्थ्य बनाउने योग कहिलेबाट सुरु भयो र यसको महत्व कति छ त ?
योग संस्कृत शब्द हो । यो पहिलो पटक ऋगवेदमा प्रयोग भएको मानिन्छ । योगलाई हिन्दुहरुको ६ वटा दर्शन मध्येको एक महत्वपूर्ण दर्शनका रुपमा लिने गरिन्छ ।
योग अति प्राचिनतम गन्थ्र पनि हो यसको उत्पति करिब १० हजार बर्ष पहिले भएको मानिन्छ । धेरैको बुझाईमा योग भन्ने वित्तिकै योगका विभिन्न आशन व्यायाम र कसरत भन्ने बुझाई रहेको पाइन्छ । तर, योग व्यायाम र कसरत मात्र नभएर मन र शरीरलाई अलग हुन नदिने एक वैज्ञानीक पद्धती पनि हो ।
योग विकासक्रम लाई हेर्दा
पुर्ववैदिक काल : योग विकास आजभन्दा १० हजार बर्ष पहिले भएको मानिन्छ ।
बैदिक काल : त्यस समयमा संसारिक जीवनबाट मुक्ति र एकाग्रता पाउन योग अभ्यास गर्ने गरेको मानिन्छ । उपनिषद् काल अर्थात महाभारत, भागवत गीताको समयः यो समयमा प्राणायाम, मुद्रा बन्ध, क्रियासम्बन्धि योग अभ्यास नभई योग एक अनुशासित, सभ्य जीवनशैलीका रुपमा प्रयोग भएको ।
शास्त्रीय अवधि : यस समयमा महर्षि पतञ्जलीको उदय । यस समय योग सुत्रको विकास भएको मानिन्छ ।
पोष्ट शास्त्रिय अवधिः यो युगमा पतन्जलीको अनुयायीहरुबाट षट्कर्म र हठयोगको धेरै अभ्यास गरेका कारण यो कालखण्डलाई हठयोगको कालखण्ड पनि मानिन्छ ।
आधुनिक कालः स्वामी विवेकानन्दले अमेरिकाको सिनेटमा अध्यात्म र योगबारे भाषण दिएर संसारसामू योग परिचित गराएका थिए । महर्षी महेश योगी, परहंस योगानन्द, रमण महर्षी, स्वामी कृष्णमचार्य, ओशो र जनिश, रामदेव लगायत योगीले योगको महत्व विश्व सामु प्रचारप्रसारको गदै आएका छन् ।
योग मानव शक्तिलाई सन्तुलित तरिकाबाट सुधार्ने तथा विकसित गर्ने एक अनुशासन हो । यसले आत्मसाक्षात्कार गर्ने मदत गर्दछ । महर्षी अरविन्दका अनुसार योग प्रत्येक श्वास नै योग साधना हो । योग व्यवहारिक परिप्रेक्ष्यमा जीवन जिउने एक बैज्ञानिक कला योग हो ।
प्राचीनकालमा कलात्मक रुपमा साधाना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरुले योगको सहारा लिने गरेको मानिन्छ ।
हिन्दु संस्कृति तथा धार्मिक मान्यताअनुसार योगमा त्यस्तो शक्ति छ कि यसलाई ब्रम्हाण्डका कुनै पनि शक्तिसँग साँध्न सकिन्छ । योगलाई वेदमा समेत ब्याख्या गरिरएको छ ।
योग दिवस भव्य कार्यक्रम गरेर मनाइएको छ भने प्रधानमन्त्री प्रचण्डले योग नेपालीको अभिन्न अंग बनिसकेको बताएका छन् ।
यता, एमाले अध्यक्ष केपी ओलीले पनि योगलाई विशेष जात र धर्ममा सिमित गर्न नहुने दाबी गरिरहेका छन् ।
गुरुशिक्षा परम्पराबाट बाहिर आएको योगलाई सुत्रवद्ध र एकत्रित गर्ने काम महर्षी पताञ्जलीले गरेको मानिन्छ । पूर्वीय एवं प्राचीन सभ्यताका रुपमा योगलाई जीवन विज्ञान र जीवन शैलीका रुपमा लिइने गरिन्छ ।
नेपाल आदियोगी शिव, हजारौँ ऋषिमुनि तथा शान्तिका अग्रदूत गौतम बुद्धको साधना थलो भएका कारण नेपाललाई योग साधनाको उद्गमथालोका रुपमा मान्ने गरिन्छ । जसका कारण पनि नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तरराष्ट्रि स्तरमा परिचित गराउने उदेश्यले २०७६ सालमा कक्षा कक्षा ९ देखि १२ सम्म ऐच्छिक विषयमा पाठ्यक्रममा समावेश गर्ने निर्णय गरिएको थियो । तर, उक्त निर्णय व्यवहारमा भने लागु भएको छैन ।
योगले जीवनलाई संम्यमीत बनाउनुका साथै निरोगी समेत बनाउन मदत गर्दछ । योगका विविध विशेषता भएकै कारण पछिल्लो समय पश्चिमा देशहरुमा पनि योग लोकप्रय बन्न थलेको छ । राष्ट्रसङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १ सय ७७ देशले समर्थन गर्ने कीर्तिमान पनि योग दिवसले कायम गरेको थियो । जसको फलस्वरुप सन् २०१६ देखि जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइने समेत गरिन्छ ।