काठमाडौं । वर्षा याम शुरु भएसँगै काठमाडौं उपत्यका सहित देशभर सर्पदंशका घटना बढेका छन् । काठमाडौं टेकु स्थित सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा दैनिक १२ जनासम्म सर्पदशंका बिरामी उपचारका लागि पुगिरहेका छन् । साथै तराई जिल्लाहरुमा पनि पछिल्लो केहि साता यता सर्पदंशका घटना बढेका छन् । कुन क्षेत्रमा कस्तो छ सर्पदंशको अवस्था ?
अहिले तराईका विभिन्न जिल्लाहरुका साथै काठमाडौं उपत्यका आसपासका क्षेत्रमा सर्पदशंका घटना बढिरहेका छन् । वीरगंज स्थित नारायणी अस्पतालको रेकर्ड हेर्दा दैनिक ८ देखि १० जना सर्पदंशका विरामीहरु उपचारका लागि पुग्ने गरेका छन् । तराईका जिल्लाहरुमा मात्र नभएर काठमाडौं उपत्यका आसपासका क्षेत्रहरुमा अहिले सर्पदशंका घटना बढ्न थालेका छन् । अहिले टेकु स्थित सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा दैनिक १२ जना सम्म सर्पदशंका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । साथै अस्पतलाको तथ्यांक अनुसार गत जेठ महिनामा मात्र १ सय २२ वटा सर्पदर्शका विरामीको उपचार गरिएको छ ।
यस्तो छ सर्पदंशका घटनाको अवस्था
– नेपालमा वैशाखदेखि असोज महिनासम्म सर्पदंशका घटनाहरू बढी
– २६ जिल्लाहरू सर्पदंशको अति प्रभावित जिल्ला
– ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार आ.व. २०६५–६६ देखि २०७८–७९ सम्म सर्पदंश पीडित १ लाख २८ हजार ६ सय ४३ जना
– विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी २० हजार मानिसलाई सर्पले टोक्ने गरेको
– सर्पको टोकाइकै कारण नेपालमा वर्षेनी एक हजार जनाभन्दा बढी मानिसको मृत्यु
– नेपालमा पाइने सर्पमध्ये सबैभन्दा विषालु र धेरै मानिसको ज्यान लिएका सर्पमा करेत र गोमनका विभिन्न प्रजाति
– करेत र गोमनका प्रजातिहरु तराई क्षेत्रमा बढि पाइन्छन्
सर्पदंशबाट स्वास प्रस्वासमा असर पर्ने हुदाँ सर्पले टोकेको अवस्थामा तत्काल विरामीलाई उपचार आवश्यक हुन्छ ।
वर्षा मौसममा सर्पदंशका घटना बढी हुने भएका कारण सर्पको टोकाइबाट बच्न सावधानी अपनाउन आवश्क छ । साथै यस समय अस्पतालहरुले उपचारको पूर्वतयारी पूर्णरुपमा गरेको देखिदैन । कतिपय अस्पतालमा औषधि अभाव हुँदा सर्पदंश भएको व्यक्तिले अकालमै मृत्युवरण गर्नु परेका घटना सुनिन्छन् । यसतर्फ अस्पताल प्रशासन र सरकार संवेदनशिल बन्नै पर्ने देखिन्छ ।