News 24 Television
मुख्यमन्त्रीसहित भारतीय राजदूतले गरे लुम्बिनीमा योगाभ्यास  

रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा विहीवार नै योग दिवस मनाइएको छ । १० औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा योगभ्यास गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । हरेक वर्ष जुन २१ गते योग दिवस मनाइन्छ । 

लुम्बिनीमा गतवर्षदेखि भारतीय राजदुतावास र लुम्बिनी विकास कोषसहितका संस्थाहरुको आयोजनामा जुन २० मा नै योग दिवस मनाउने गरिएको छ । यस पटकको योग दिवस भने भब्य रुपमा मनाउने सरकारले विद्यालय तहलाई निर्देशन गरेको छ । 

शुक्रबार १० औं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । 

संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष जुन २१ तरिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । योग दिवसलाई विद्यालय तहदेखि नै मनाउन भन्दै सरकारले यसअघि नै निर्देशन दिइसकेको छ । 

तर बुद्धजन्मस्थल लुम्बिनीमा भने एक दिनअघि नै विहीबार नै योग दिवस मनाइएको छ । गतवर्षदेखि भारतीय राजदुतावास र लुम्बिनी विकास कोषसहितका संस्थाहरुको आयोजनामा लुम्बिनीमा जुन २० मा दिवस मनाउने गरिएको हो । 

योग दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताए । 

योग शारीरिक अभ्यास मात्र नभएर मानसिक शान्ति, आत्म–अन्वेषण र समग्र स्वास्थ्यको महत्वपूर्ण प्रणालीका रुपमा विकास भएको उनको भनाइ छ । नागरिकहरूको स्वास्थ्य र कल्याण प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उनले बताएका छन् ।  

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार–प्रसारका लागि भारतीय दुतावासले विभिन्न कार्यक्रमहरु समेत गर्दै आएको छ । लुम्बिनीमा पछिल्लो समय भारतीय पर्यटक बढिरहेको र योग जस्ता अन्य गतिविधिले थप बृद्धि हुने अपेक्षा गरिएको छ । 

बुद्धको दुःखबाट मुक्तगर्ने मार्ग जस्तै आधुनिक युगमा पूर्वीय मान्यता अनुसारको योग अभ्यासले फाइदा पु¥याउँछ । 

भारतीय दुतावाससँग सहकार्य गरेर कार्यक्रम गर्दै आएको कोषले लुम्बिनीको विश्वव्यापी प्रवद्र्धनका लागि आगामी दिनमा समेत सहकार्य गर्न इच्छुक रहेको जनाएको छ । यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ  ।  

पूर्वमन्त्री हृदयेश त्रिपाठी, देवेन्द्रराज कंडेल, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्धिन खाँन, पतञ्जली योगमा आबद्ध रुपन्देही, कपिलबस्तु र नवलपरासीका योग गुरु, योग अभ्यासकर्ता, उद्योगी व्यवसायी र स्थनीयको सहभागिता रहेको कार्यक्रममा योगाभ्यास समेत गरिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update