News 24 Television
सरकारले ११७ विधेयक अघि बढाउँदै 

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले ११७ वटा विधेयकलाई संघीय संसदबाट अगाडी बढाउने तयारी गरिरहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री गिरीले सरकारले संघीय संसदमा पेश गर्ने कानूनहरुको प्राथमिकिकरण गरेको बताए । उनले सरकारले ६३ वटा विधेयकहरुलाई पहिलो प्राथमिकतामा, ३९ वटा विधेयकहरुलाई दोस्रो प्राथमिकतामा र १५ वटा विधेयकहरुलाई तेस्रो प्राथमिकतामा राखिएको जानकारी गराए । 

 मन्त्रालयले नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा संघीय संसदमा दर्ता गर्न लागेको पनि मन्त्री गिरीले बताए । संविधानको प्रावधानभित्र रहेर न्यायाधीशहरु नियुक्त गरिएको भन्दै न्यायाधीश नियुक्तीमा आशंका नगर्न उनको आग्रह छ ।

मन्त्री गिरीले न्याय सम्पादनलाई छिटो, छरितो र पारदर्शी बनाउन अदालतमा केही सुधार गर्नुपर्ने बताए । उनले मिडिया ट्रायलले अदालतको मुद्दा निरुपणमा कुनै प्रभाव नपार्ने पनि बताए । उनले ऐनहरु समयानुकुल बनाउन र नागरिकको हितमा कानुन बनाउन मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update