News 24 Television
दक्षिण कोरियामा जनसंख्या संकटकाल घोषणा !

काठमाडौँ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले बुधवार कम जन्मदरको बारेमा बढ्दो चिन्ताको बीच जनसांख्यिकीय राष्ट्रिय आपतकाल घोषणा गरेका । कम जन्म र बुढ्यौली जनसंख्या सम्बन्धी राष्ट्रपति समितिको बैठकमा युनले कम जन्मको समस्या समाधान नभएसम्म प्यान–सरकारी प्रतिक्रिया प्रणाली चलाउने प्रतिवद्धता व्यक्त गरे ।

देशको कुल प्रजनन दर वा एक महिलाले जीवनकालमा जन्माउने बच्चाको औसत संख्या २०२३ मा ०.७२ को रेकर्ड छ । जुन वर्तमान जनसंख्यालाई कायम राख्न आवश्यक २.१ को प्रतिस्थापन स्तर भन्दा धेरै कम छ । 

जनसांख्यिकीय रणनीति तथा योजना मन्त्रालयलाई ‘कन्ट्रोल टावर’को रूपमा स्थापना गरिने बताए । जसको नेतृत्व उपप्रधानमन्त्री सामाजिक मामिलाले कम जन्म, वृद्ध समाज र दीर्घकालीन अध्यागमनसम्बन्धी नीति तर्जुमा गर्ने बताइएको छ । 

युनले सरकारले तीन स्तम्भहरूमा ध्यान केन्द्रित गर्ने बताए । काम र जीवन सन्तुलन, सार्वजनिक बाल हेरचाह सेवा प्रदान गर्ने र घरहरू खरिद गर्न प्राथमिकता प्रदान गर्ने विषय प्राथमिकतामा राख्ने बताए । कार्य जीवन सन्तुलनका लागि सरकारले पितृत्व बिदाको दर हालको ६.८ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याउने उद्देश्यले पितृत्व बिदा र सम्बन्धित भत्ता बिस्तार गर्ने भएको छ । 

प्राथमिक विद्यालयहरूमा विद्यालयपछिका कार्यक्रमहरू बिस्तार गर्दै ३–५ वर्षका बालबालिकाका लागि सार्वजनिक बाल हेरचाह सेवा निःशुल्क उपलब्ध गराइनेछ । 

नवविवाहित जोडीलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउँदा नवजात शिशु भएका घरपरिवारलाई घर खरिद गर्न प्राथमिकता दिइने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update