काठमाडौं । पछिल्लो केहि सातायता जपानमा मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग बढ्न थालेको छ । ४८ घन्टे ‘मासु खाने ब्याक्टेरिया’ उपनाम दिएको एस.टि.एस.एस अर्थात् इस्ट्रेपटोकोक्कस टक्सिक शक सिन्ड्रोमका कारण अहिले जापानमा ९ सय भन्दा बढि संक्रमित भएको तथ्य बाहिर आएको छ ।
जापानमा देखिएको निकै दुर्लभ मानिएको ब्याक्टेरिया कस्तो प्रकारको हो र नेपालमा यो ब्याक्टेरियाले हुने संक्रमणको जोखिम कति छ त ?
जापानको नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार जापानमा देखिएको ४८ घन्टे मासु खाने ब्याक्टेरिया अर्थात इस्ट्रेपटोकोक्कस टक्सिक शक सिन्ड्रोम एस.टी.एस.एस एक संक्रामक रोग हो ।
यो ब्याक्टेरियाको सङ्क्रमण भएको ४८ घन्टा भित्र नै मानिसको मृत्यु हुन सक्ने संभावना उच्च हुने गर्दछ । तर अहिले जापानमा तिव्र रुपमा फैलिएको उक्त ब्याक्टेरिया नयाँ भने होइन ।
ब्लूमबर्गका अनुसार जापान बाहेक अन्य मुलुकमा पनि यो ब्याक्टेरिया फेला परेका छन् । सन् २०२२ को अन्त्यसम्म युरोपको ५ मुलुकमा एस.टी.एस.एस ब्याक्टेरिया देखिएको थियो । यो ब्याक्टेरिया घातक र नयाँ नभए पनि निकै दुर्लभ मानिन्थ्यो । तर पछिल्लो समय जापानमा बढ्दो क्रममा फैलिएको यो संक्रमणले विश्वको ध्यान खिचेको छ ।
जापानको ’नेशनल इन्सटिच्युट अफ इन्फेकसियोस डिजिजको सन् २०१८ देखि २०२२ सम्मको तथ्यांक अनुसार एस.टि.एस.एसको मृत्युदर २३ प्रतिशत देखिन्छ । साथै यसले विशेष गरेर ज्येष्ठ नागरिक र दीर्घ रोग भएका व्यतिm जोखिम समूहमा पर्ने तथा मुत्यु हुने गरेका छन् । यद्यपि यसको जोखिम कुनै पनि उमेर समूहकालाई हुने गर्दछ ।
यो संक्रमण नयाँ नभएका कारण नेपालमा पनि हुन सक्ने यसका जानकारहरुको बुझाई छ । नेपालमा पनि समुह ’ए’ इस्ट्रेपटोकोक्कस जी.ए.एस ब्याक्टेरिया सम्बन्धि बिभिन्न अध्ययन अनुसन्धान नेपालमा पनि भएका छन् ।
तर अनुबांशिक स्तरमा अध्ययन नभएका कारण जापानमा देखिएको यस्तो खालको ब्याक्टेरिया नेपालमा छ वा वा छैन भनेर यकिनका साथ भन्ने अवस्था छैन । तर जापानमा फैलिएको उक्त ब्याक्टेरियालाई लिएर विश्वको ध्यान केन्द्रित भएको अवस्थामा नेपालमा पनि ब्याक्टेरियाको पर्याप्त अध्ययन अनुसन्धानको खाँचो छ ।
४८ घन्टे ’मासु खाने ब्याक्टेरिया’ उपनाम पाएको एस.टि.एस.एस रोग पछिल्ला केहि वर्ष यता बढ्दै गएको हो ।
जापानमा हाल संक्रमण बढ्दो देखिएकाले संक्रमणको जोखिमबाट नेपाल अछुतो रहला भन्न सकिदैन । त्यसैले भविष्यमा आउँन सक्ने जोखिमलाई मध्यनजर नेपालले पनि सर्तकता अपनाउन जरुरी छ ।