News 24 Television
प्रा.डा जोशीद्वारा लिखित नाटक ‘मिसामी’ को लोकार्पण

काठमाडौं ।  प्रा.डां श्याम जोशीद्वारा लिखित नाटक ‘मिसामी’ लोकार्पण गरिएको छ । २०३० सालको दसैंमा दोलखा शहरको मुख्य बजारमा मन्चन गरिएको दोलखा भाषाको नाटक ‘ मिसामी’को यही असार १ गते काठमाडौंमा लोकार्पण गरिएको हो । 

प्रज्ञा भवन, कमलादीमा एक समारोहकाबिच सम्पन्न कार्यक्रममा बरिस्ट साहित्य शिरोमणी प्रा. तुलसी दिवस, नाट्यकार, समालोचक प्रा. अभि सुवेदी, बरिस्ट नाट्यकर्मी नीर शाह , लुम्बिनी बौद्ध विश्वबिद्धालयका उपकुलपति प्रा. सुबर्ण लाल बज्राचार्य, खुल्ला बिश्वबिद्धालयका उपकुलपति प्रा. शिलु बज्राचार्य तथा प्रा. रुद्र लक्ष्मी श्रेष्ठको आतिथ्यमा अथित्यता रहेको थियो । 

विषेशगरी यो नाटकमा सासु बुहारी बीचको अपरिहार्य तर असहज, सधै खटपट परिरहने सम्बन्ध देखाउंदै नारीको शत्रु वास्तबमा नारी नै हो, पुरुष हैन भन्ने चित्रण गरिएको छ । 
 
यो नाटक एतिहासिक सहर दोलखामा बोलिने “दोलखा भाषाको” पहिलो प्रकाशित कृति हो । यो नाटकलेखिएको ५१ बर्ष पछि प्रा.डा. हरि दर्शन श्रेष्ठको आफ्नो भाषाको संरक्षण र सम्बर्द्धन गर्ने अभिप्रायले प्रकाशित गरेका हुन्। 

सो अवसरमा कार्यक्रमका डबली थियटरले  नाटकको केही दृश्य पनि मन्चन गरेको  थियो । सो कार्यक्रममा बिभिन्न छेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरुका साथै  दोलखा शहरका बसिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update